आखिर किन प्रियंकाले हटाइन पति निकको थर? यस्तो छ रहस्य!

एजेन्सी : ग्लोबल स्टार प्रियंका चोपडा(Priyanka Chopra)ले आफ्नो शानदार अभिनयले दर्शकको मन जित्दै आएकी छिन्। संसारभर उनलाई चाहने वालाको कुनै कमी छैन्। फिल्मको साथसाथै प्रियंका चोपडा (Priyanka Chopra Jonas) आफ्नो व्यक्तिगत जीवनको कारण  पनि खुब चर्चामा रहन्छिन्।

सामाजिक सञ्जालमा पति निक जोनास (Nick Jonas) का तस्बिरहरु प्राय: शेयर गरिरहन्छिन्। तर हालै यस जोडीबारे एक अचम्मित पार्ने खबर सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस जोडीको दाम्पत्य जीवनमा दरार आएको छ।

प्रियंका चोपडाले सोमबार २२ नोभेम्बरमा आफ्नो इन्स्टा बायोमा आफ्नो नामको पछाडिबाट पति जोनसको सरनेम हताएकी छिन्। प्रियंका चोपडाले गरेको यस्तो बदलावले उनका फ्यान्सलाई सोच्न बाध्य पारेको छ। कतै प्रियंका र निकको सम्बन्धमा दरार त आएन भन्दै सामाजिक सञ्जालहरुमा अड्कल का-ट्न थालिएको छ। तर केहि स्रोतहरुले भने चर्चाको लागि यस्तो गरिएको आरोप लगाएका छन्।

प्रियंका चोपडाले अचानक आफ्नो नामको पछाडीबाट निक जोनासको सरनेम हटाउँदा सामाजिक सञ्जालमा कतै यी दुईले सम्बन्ध बिच्छेद गर्न लागेका अनुमान समेत गर्न थालिएको छ। खास कुरा यो छ कि प्रियंका चोपडाले आफ्नो इन्स्टा बायोबाट पति निक जोनासको सरनेम मात्र नभई आफ्नो सरनेम ‘चोपडा’ पनि हटाएकी छिन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१८:४४

सुन २० दिनकै सस्तो ! कति ?