एजेन्सी – च्याम्पियन्स लिगमा बार्सिलोनाले आज राति बेन्फिकाको सामना गर्दैछ। च्याम्पियन्स लिग अन्तर्गत समूहचरणको पाँचौं खेलमा बार्सिलोनाले बेन्फिकाको सामना गर्न लागेको हो। खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार रातको १ बजेर ३० मिनेटमा शुरु हुनेछ।
बार्सिलोना प्रशिक्षकको रुपमा बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभीले च्याम्पियन्स लिग डेब्यु गर्नेछन्। यस अगाडी बार्सिलोनालाई हराएको बेन्फिका विरुद्ध जाभीले के कस्तो रणनीतिक परिवर्तन गर्नेछन् भन्नेमा सबैको चासो रहनेछ।
बेन्फिका र बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’मा छन्। बार्सिलोना समूहको दोस्रो स्थानमा छ भने बेन्फिका समूहको तेस्रो स्थानमा रहेको छ। २ जित र २ हार सहित बार्सिलोनाले ६ अंक जोड्दा बेन्फिकाले १ जित, १ हार र १ बराबरी सहित ४ अंक जोडेको छ।
यस भन्दा अगाडी भएको खेलमा बार्सिलोनालाई बेन्फिकाले पराजित गरेको थियो। बेन्फिकाको घरेलु मैदानमा ३ गोल बेहोर्दा बार्सिलोनाले १ गोल पनि गर्न सकेको थिएन।
जाभीको परीक्षा ?
बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएपछि जाभीले पहिलोपटक इस्प्यानियोल विरुद्ध बार्सिलोनाको जिम्मेवारी सम्हालेका थिए। उक्त खेलमा बार्सिलोना विजयी भएको थियो। जाभीको वास्तविक्त परीक्षा आज हुनेछ।
खेल कुन च्यानलमा हेर्ने ?
बार्सिलोना र बेन्फिका बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नु पर्नेछ। खेल सोनी टेन १ मा हेर्न सकिनेछ।