बार्सिलोना फर्किन लागेका बारे थिएगोले मुख खोले !

एजेन्सी – लिभरपुलका मिडफिल्डर थियागो अल्कान्ताराले बार्सिलोना फर्किन लागेको विषयमा मुख खोलेका छन्। गएको केहि समय देखि थियागो पूर्वक्लब बार्सिलोना फर्किन लागेको भन्दै चलेको चर्चा बारे मुख खोलेका हुन्।

एक अन्तर्वार्ताका क्रममा थियागोले प्रिमियर लिगमै रहेर उपाधि जित्ने आफ्नो चाहना रहेको बताए। बार्सिलोना फर्किन लागेको भन्दा चलेका सम्पूर्ण हल्लालाई थियागोले खारेज गरिदिए। आफू पूर्ण रुपमा लिभरपुलमै केन्द्रित रहेको उनको भनाई छ।

“म फुटबल खेल्छु। म अफवाहहरूको बारेमा चिन्तित छैन। म टोलीप्रतिको कर्तव्यमा केन्द्रित छु। मेरो जहाँ सम्झौता छ, त्यहाँ नै वफादार छु। अहिले म प्रिमियर लिगमा रहेर उपाधि जित्न खोजिरहेको छु।”,थियागोले भने।

थियागो सन् २०२० मा लिभरपुल पुगेका हुन्। बायर्न म्युनिखबाट लिभरपुल पुगेयता उनी लिभरपुलको शुरुवाती ११ मा पर्न संघर्षरत छन्। उनलाई शरीरले पनि त्यति साथ दिरहेको छैन। डेढ वर्षको अन्तरालमा उनी कयौं पटक घाइते भैसकेका छन्।

गत सिजनको अन्त्यमा थियागोले फर्ममा फर्किने संकेत देखाएका थिए। तर नयाँ सिजन शुरु हुँदा योर्गेन क्लोपको पहिलो रोजाईमा पर्न उनी सकिरहेका छैनन्। लिभरपुलका लागि उनले अहिले सम्म ८ खेल खेलेका छन्। जसमा उनले एक असिस्ट दिएका छन्।

लिभरपुलको पहिलो रोजाईमा पर्न नसकेपछि उनी बार्सिलोना फर्किने चर्चा चलिरहेको छ। विभिन्न संचार माध्यमहरुले थियागो बार्सिलोना फिर्ता हुने चर्चा गरिरहेका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८२१:४८

रोनाल्डोले बनाए नयाँ कीर्तिमान, म्यानचेस्टर नकआउट चरणमा !