लगातार घट्दै सुनको मूल्य, २१ दिनकै सस्तो !

काठमाडौँ – केहि दिन देहि लगातार घट्न थालेको सुनको मूल्य आज पनि घटेको छ। यस हप्ताको आइतबार देखि लगातार घटिरहेको सुनको मूल्य आज पनि सामान्य घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार ७ सय रुपैंयाँले बढेर सोमबार २ सय रुपैंयाँले बढेको थियो भने मंगलबार १ हजार ६ सय र बुधबार ५ सय रुपैंयाँले घटेको थियो। आइतबार छापावाला सुन ९३ हजार ७ सय, सोमबार ९३ हजार ९ सय, मंगलबार ९२ हजार ३ सय र बुधबार ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९३ हजार २ सय, सोमबार ९३ हजार ४ सय, मंगलबार ९१ हजार ८ सय र बुधबार ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन ३ हप्ताकै सस्तो

लगातारओ गिरावटसँगै सुनको मूल्य ३ हप्ता यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य कार्तिक १८ गते अर्थात २१ दिनकै सस्तो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १ हजार २ सय ३० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८११:०३

लगातार उकालो लागिरहेको मानुषीको शेयर मूल्यमा पहिरो, अरु कुन-कुन कम्पनीका शेयर मूल्य घटे ?