एम्बापेलाई अब पीएसजीमा कसैको बाउले पनि रोक्न सक्दैन, न मेस्सी न जिदान !

फ्रेन्च स्टार खेलाडी किलियन एम्बाप्पे को भविष्य निकट भविष्यमा स्पष्ट हुनेछ, विशेषगरी जब उनले आउँदो जनावरी १ बाट अन्य क्लबसँग समर ट्रान्सफर बारेमा चर्चा सुरु गर्न सक्षम हुनेछन्। त्यो किनभने फ्रान्सेली फरवार्डको पेरिस सेन्ट-जर्मेनसँगको सम्झौता जुन ३०, २०२२ बाट समाप्त हुनेछ।

पीएसजी अझै पनि २२ वर्षीय स्टारले नयाँ सम्झौतामा हस्ताक्षर गरोस् भन्ने चाहन्छ र पेरिसका प्रशंसक र मिडियाले पनि यसको आशा गरेका छन्। अहिले फ्रेन्च क्लब एम्बाप्पेलाई पीएसजी मै राख्न गर्नुपर्ने हरेक कुरा गर्ने कोशिस गरिरहेको छ, जसमा पार्क डेस प्रिन्सेसमा नयाँ प्रशिक्षकको रूपमा जिनेदिन जिदानको सम्भावित आगमन पनि समावेश रहेको छ।

यो कुनै गोप्य कुरा हैन कि एमबाप्पे जिदानको ठूलो प्रशंसक हुन्, तर पूर्व रियल म्याड्रिड प्रशिक्षकको आगमनले उनको निर्णयलाई असर गर्दैन। जसरी यसै समरमा लियोनेल मेस्सीको अनुबन्धले एमबाप्पेलाई क्लब छाड्ने चाहनबाट रोक्न सकेन। पीएसजीबाट बाहिरिने विश्व विजेता स्टारको चाहना फ्रेन्च राजधानी क्लबको वातावरण भन्दा बढी छ। यो खेलकुदको महत्वाकांक्षाको बारेमा हो।

गत सिजन एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिड जाने चर्चा खुबै चलेको थियो। स्पेनिस क्लबले फ्रेन्च युवा स्टारका लागि २०० मिलियन सम्मको फी पनि पीएसजीका लागि प्रस्ताव गरेको थियो। तर आउँदो समरमा विश्व फुटबल कै सबैभन्दा मूल्यवान खेलाडीलाई फ्रीमा गुमाउने सम्भावना रहेपनि पीएसजीले रियलले प्रस्ताव गरेको ठूलो रकम स्वीकार गरेन।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१६:०२

‘मेस्सी जादूगर हुन्, महत्वपूर्ण खेलमा हराउन सक्छन्’- भन्दै खुब आलोचना भयो पीएसजी स्टारको !