‘मेस्सी जादूगर हुन्, महत्वपूर्ण खेलमा हराउन सक्छन्’- भन्दै खुब आलोचना भयो पीएसजी स्टारको !

युईएफए च्याम्पियन्स लिगको समूह चरणको रोमाञ्चक खेलमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच इतिहाड स्टेडियममा महा भिडन्त भयो। फुटबलको मनमोहक खेलमा, विशेष गरी दोस्रो हाफमा, घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै १-० ले पछि परेको स्थितिलाई उल्ट्याउदै २-१ को जित दर्ता गर्न सफल भयो।

इतिहाड स्टेडियममा भएको खेलमा पीएसजीको स्टार-स्टडेड आक्रमण पङ्क्ति लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले पहिलो हाफमा आफ्नो प्रतिभाको झलक देखाए तर बललाई जाली चुमाउन सकेनन्। अर्कोतर्फ, घरेलु टोलीका लागि पनि थुप्रै सुनौलो अवसरहरु सिर्जना गरे, तर प्रिमियर लिग च्याम्पियन सामान्य रूपमा प्राय: देखिने जस्तो प्रभावशाली थिएन।

दोस्रो हाफ भने निकै मनोरञ्जनात्मक बन्न पुग्यो। खेलमा पहिला पीएसजीका किलियन एम्बाप्पेले पहिलो गोल गर्दै फ्रेन्च क्लबलाई अग्रता दिलाउन सफल भए। युईएफए च्याम्पियन्स लिगको इतिहासमा ५० खेल खेल्ने दोस्रो सबैभन्दा कान्छो खेलाडी बनेका फ्रान्सेली खेलाडीले पीएसजीलाई अगाडि बढाउन मेस्सीको पासमा गोल गरेका हुन्।

माउरिसियो पोचेटिनोको टोली अवे खेलमा प्रख्यात विजयको लागि तयार देखिन्थ्यो, तर म्यानचेस्टर सिटीले रहिम स्टर्लिङ र गेब्रियल जेससको गोलका साथ नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो हाफमा पीएसजीले राम्रो सुरुवात गरे पनि म्यानचेस्टर सिटीले खेलमा क्रमशः रूपमा आफ्नो दबदबा जमाउँदै गयो।

रिभर्स फिक्स्चरमा मेस्सी यी दुई टोलीको खेलको स्टार थिए, तर अर्जेन्टिनाका महान खेलाडीले यस खेललाई भने आफ्नो टोलीलाई युरोपमा महत्त्वपूर्ण जित दिलाउन सकेनन्। जसपछि ३४ वर्षीय अर्जेन्टिनी कप्तानको आलोचना भएको छ। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले मेस्सीलाई निकै महत्वपूर्ण खेलमा हराउने खेलाडी भन्दै उनको आलोचना गरेका छन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१६:४७

“अहिले मेस्सी रोनाल्डोको स्तरमा छैनन्”