“मेस्सी,नेयमार र एम्बाप्पेका कारण पिएसजीले च्याम्पियन्स लिग जित्न सक्दै-सक्दैन”

एजेन्सी- लिभरपुलका पूर्व डिफेन्डर जेमी कर्राघेरले पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिग जित्ने सम्भावना नरहेको बताएका छन्। पिएसजीले च्याम्पियन्स लिगको समूहचरणको खेलमा म्यानचेस्टर सिटी विरुद्धको खेलमा कम्जोर प्रदर्शन गरेपश्चात कर्राघेरलेले यस्तो बताएका हुन्।

एक टेलिभिजन कार्यक्रममा बीच कर्राघेरले पिएसजीले च्याम्पियन्स लिग जित्ने अलिकति पनि सम्भावना नरहेको बताए। लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी भएर पनि पिएसजीले च्याम्पियन्स लिग नजित्ने उनको भनाई छ।

साथै उनले क्लब छाडेर जान माउरिसियो पोचेटिनोलाई सुझाव पनि दिए। पिएसजी छाड्नु माउरिसियो पोचेटिनोका लागि धेरै राम्रो हुने कर्राघेर बताउँछन्। मौका पाएको खण्डमा म्यानचेस्टर युनाइटेड जान पोचेटिनोलाई उनको सुझाव छ।

“पोचेटिनोले त्यो क्लबबाट बाहिर निस्कनु पर्छ। यदि म उनको ठाउँमा थिएँ भने म त पहिल्यै युनाइटेड गैसकेको हुने थिएँ।”,एक टेलिभिजनसंग कुराकानी गर्नेक्रममा कर्राघेरले बताए।

उनले बताए कि पिएसजीलाई मेस्सी, नेयमार र एम्बाप्पेलाई एक साथ बोक्न धेरै गार्हो भैरहेको छ। पिएसजीको टीमले धेरै खेलाडीहरुलाई बोक्न नसक्ने कर्राघेरको भनाई छ। उनले भने,”पिएसजीमा यो सबै मेस्सी, नेयमार र एम्बाप्पेका कारण भैरहेको छ। मलाई लाग्दैन कि पिएसजीको टीमले अहिले कसैलाई बोक्न सक्छ।”

त्यस्तै कर्राघेरले च्याम्पियन्स लिग पिएसजीले नभई अन्य क्लबले जित्ने पनि बताए। उनका अनुसार लिभरपुल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र चेल्सी मध्ये एकले जित्न सक्छ्न्।

“म जब च्याम्पियन्स लिग जित्ने टोलीक बारेमा सोच्नु तब मेरो दिमाखमा लिभरपुल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र चेल्सीको नाम आउँछ। पिएसजीले नभई यी टोलीले च्याम्पियन्स लिग जित्न सक्छन्। तर तीन खेलाडी बोक्ने पिएसजीले जित्दै-जित्दैन।”,उनले भने।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१७:१६

पेड्री माथि बायर्नको नजर, बार्सिलोनाको आर्थिक संकटको फाइदा उठाउने दाउ !