कलाकार सागर लम्साल ‘बले’ र मोडल प्रिज्मा खतिवडाको ब्रेकअप!

काठमाडौँ, गत वर्षदेखि  चर्चित हास्यकलाकार सागर लम्साल ‘बले’ र मोडल प्रिज्मा खतिवडा प्रेम-सम्बन्धमा रहेको खबर चर्चामा आइरहन्थ्यो। तर अहिले उनीहरुको ब्रेकअप भएको खबर बाहिरिएकोछ।

 

हास्य सिरियल ‘भद्रगोल’ बाट चर्चामा आएका लम्साल र टिकटकबाट चर्चामा आएकी प्रिज्माले थुप्रै म्युजिक भिडियोमा  स्क्रिन शेयर गरेका छन्।

प्रिज्मा र सागरले आफुहरु प्रेम-सम्बन्धमा रहेको खबर भने कहिल्यै स्वीकार गरेका छैनन्।  स्रोतको अनुसार सागरले  यही  फागुनमा विवाह गर्दैछन्। विवाह गर्ने विषयमा कुरा नमिल्दा उनीहरुबीच दरार उत्पन्न भएको दाबी छ। साथै लामो समयदेखि एकसाथ म्युजिक भिडियोमा देखिने यी जोडी केही महिनादेखि भिडियोमा समेत देखिन छाडेका छन् ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१७:४५

कस्तो रहला आगामी तीन दिनको मौसम ? यसो भन्छन् मौसमविद् !