भोलि मङ्सिर १० गते शुक्रबार, आकस्मिक धनलाभ हुने योग, शुभ फलदायी रहला दिन? हेर्नुहोस राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन सामाजिक रूपबाट प्रसिद्धि बढ्ने  सम्भावना छ। व्यापारमा लाभ हुनेछ। मध्यान्हपछि तपाईको स्वस्थ बिग्रिन सक्नेछ। परिवारको सदस्यसंग राम्रो व्यवहार गर्नुहोस नत्र विवाद उत्पन्न हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाई कुनै पनि प्रकारको मानसिक बोझबाट स्वतन्त्र हुनुहुनेछ। शारीरिक रूपबाट पनि तपाईको स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक जीवनमासुख -शान्ति छाउनेछ। सामाजिक क्षेत्रमा तपाईको प्रतिष्ठामा  वृद्धि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यसदिन प्रतिस्पर्धी र आफूभन्दा ठुला मानिससंग बहस नगर्नुहोस। व्यवसायिक क्षेत्रमा राम्रो वातावरण रहनेछ । मानसिक रुपबाट तपाई स्वस्थ रहनुहुनेछ । मध्यान्हपछि शारीरिक र मानसिक स्थितिमा अनुकूल परिवर्तन हुनेछ। धन प्राप्तिको लागि यसदिन राम्रो योग  रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाई अनैतिक कार्य र निषेधात्मक विचारबाट टाढा रहनुहोस्। पारिवारिक झगडाले तपाईलाई शारीरिक र मानसिक रुपबाट सताउनेछ। मध्यान्हपछि विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। सन्तानको विषयमा चिन्ता रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यको दृष्टिबाट तपाई यसदिन प्रसन्न र  आनन्दित रहनुहुनेछ। साथीहरुसंग घुमफिरमा समत बित्नेछ। सामाजिक रूपबाट सम्मान प्राप्त हुनेछ । मध्यान्हपछि तपाई मानसिक रूपबाट शिथिलताको अनुभव गर्नुहुनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाई तपाई आफ्नो  स्वभावमा केहि संवेदनशीलता रहनुहुनेछ । कार्य सफलता हुदा  मानसिक रुपबाट प्रफुल्लित रहनुहुनेछ। तपाईले शुभ समाचार प्राप्त गर्नुहुनेछ। शारीरिक र मानसिक रूपबाट तपाई प्रसन्नताको  अनुभव गर्नुहुनेछ। पारिवारिक सुख-शान्ति बनिरहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाई आफ्नो बौद्धिक शक्तिबाट लेखन र अन्य रचनात्मक कार्यमा अगाडी बढ्नुहुनेछ। आकस्मिक खर्चको योग रहेको छ। मध्यान्हपछि कार्य सफलता प्राप्त हुदा तपाई मानसिक रूपबाट प्रसन्न रहनुहुनेछ। पारिवारिक वातावरण आनन्दपूर्ण रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन विद्यार्थीको लागि अनुकुल समय रहेको छ। यदि तपाइ आफ्नो जिद्दीपन छोडेर अगाडि बढ्नुभयो भने धेरै समस्याहरू समाधान हुनेछ। यसदिन नया कार्यको सुरुवात नगर्दा राम्रो हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। साथीहरु र आफन्तसंग आनन्दपुर्वक समय बित्नेछ। मध्यान्हपछि तपाई शारीरिक र मानसिक रुपबाट चिन्तित महसुस गर्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाई वादविवादबाट टाढा रहनुहोस। धार्मिक कार्यमा खर्च हुनेछ । परिवारसंग संयम भएर कुरा गर्नुहोस। मध्यान्हपछि तपाईको दिन राम्रो रहनेछ। शारीरिक रूपबाट पनि स्वस्थ रहनुहुनेछ। भाग्य वृद्धिको योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाईको झुकाव सांसारिक विषय भन्दा आध्यात्मिक विषयमा बढी हुनेछ। कुनै पनि नकरात्मक भावनालाई महत्व नदिनुहोस। शारीरिक प्रफुल्लता र मानसिक प्रसन्नता दिनभर बनिरहनेछ।  धन लाभ हुने सम्भावना रहेको छ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

 यसदिन धन लिने र दिने मामिलामा सावधान रहनुहोस । कसैको कार्यमा बाधा नपुर्‍याउनुहोस् । तपाई आफ्नो बोलिलाई संयम राख्नुहोस्। मध्यान्हपछि शारीरिक र मानसिक स्वाय्थ्यमा सुधार हुनेछ।  पारिवारिक वातावरण आनन्दमयी रहनेछ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१७:२७

आज मङ्सिर १० गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल !