बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा आफ्नो क्लबले डिसेम्बर ८ मा हुने च्याम्पियन्स लिगको अन्तिम समूहको खेलमा बायर्न म्युनिखलाई पराजित गर्नेमा “विश्वस्त” छन्। उनले जाभीको क्लबमा प्रशिक्षकको रूपमा नियुक्तिले विपक्षीहरूमा बार्सिलोनाको सम्मान बढेकोले एलियान्ज एरेनामा “चमत्कार” हुने भविष्यवाणी गरेको हुनुपर्छ।
ब्लाउग्राना अझै पनि आफ्नो जर्मन प्रतिद्वन्द्वीलाई पराजित नगरी नकआउट चरणमा पुग्न सक्छ, तर त्यस्को लागि भने बेन्फिका र डायनामो कीभ बीचको खेलको नतिजामा भर पर्नु पर्ने हुन्छ। यदि बार्साले जर्मन च्याम्पियनलाई परजित गरेको खण्डमा भने अर्को खेलको नतिजा जे भए पनि स्पेनिस क्लब अघिल्लो चरणमा प्रवेश गर्नेछ।
“बायर्नलाई हराउनु भनेको हासिल गर्न सकिने कुरा हो,” लापोर्टाले एएसलाई भने, “एउटा चमत्कार हुन गइरहेको छ, म विश्वस्त छु कि हामी जित्ने छौं। जाभी धेरै उत्प्रेरित र धेरै बलियो छन्। मलाई आशा छ कि हाम्रो लागि सबै कुरा राम्रो हुन्छ, मलाई लाग्छ कि यस समयमा जाभीको आगमनले विरोधीहरूमा हाम्रो लागि सम्मान बढेको छ। उनीहरुलाई पनि थाहा छ हामीले यो गर्न सक्छौं।”
लालिगाको सातौँ स्थानमा रहेको बार्सिलोनाले यस सिजन मेस्सीको अनुपस्थितिमा निकै साधारण प्रदर्शन गर्दै आएको छ। समूह चरण कै पहिलो खेलमा बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्यन म्युनिखसँग ३-० ले पराजित भएको थियो। त्यस्तै, च्याम्पियन्स लिग २०१९-२० सिजनको अन्तिम ८ को खेलमा बार्यनले चखाएको ८-२ को लज्जास्पद हार पनि बार्सिलोनाको दिमागमा हुनुपर्छ।
समूह ई को तालिका
टोली | खेल | जीत | गोल अन्तर | अंक |
---|---|---|---|---|
बार्यन म्युनिख | ५ | ५ | १६ | १५ |
बार्सिलोना | ५ | ४ | -४ | ७ |
बेन्फिका | ५ | १ | -४ | ५ |
डायनामो कीभ | ५ | ० | -८ | १ |