सोमबार देखि लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – सोमबार देखि लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ। हप्ताको शुरुवात देखि घटिरहेको सुनको मूल्य कारोबार हुने अन्तिम दिन घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ९ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार ७ सय रुपैंयाँले बढेर सोमबार २ सय रुपैंयाँले बढेको थियो भने मंगलबार १ हजार ६ सय, बुधबार ५ सय र बिहिबार १ सय रुपैंयाँले घटेको थियो। आइतबार छापावाला सुन ९३ हजार ७ सय, सोमबार ९३ हजार ९ सय, मंगलबार ९२ हजार ३ सय, बुधबार ९१ हजार ८ सय र बिहिबार ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९३ हजार २ सय, सोमबार ९३ हजार ४ सय, मंगलबार ९१ हजार ८ सय, बुधबार ९१ हजार ३ सय र बिहिबार ९१ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले घटेर १ हजार २ सय २५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८११:०२

एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवनमा !