मिसन एम्बाप्पेमा रियलका लागि भिलेन बन्दै जिदान: पहिला हिरो, अब भिलेन ?

जिनेदिन जिदानले एस्टाडियो सान्टियागो बर्नाबेउमा आफ्नो जागिर छोडेदेखि म्याड्रिडमा आफ्नो परिवारसँग शान्त जीवन बिताइरहेका छन्। यद्यपि, यस समयमा पूर्व रियल म्याड्रिड प्रशिक्षकलाई थुप्रै अवसरहरु प्राप्त भयो। सबैभन्दा नयाँ अवसर भनेको प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले गरेको थियो जब उनीहरुले फ्रेन्च दिग्गजलाई हालै वर्खास्त भएका ओले गुन्नर सोल्सजायरलाई प्रतिस्थापन गर्न सम्पर्क गरे।

युनाइटेडले गरेको अफरलाई पूर्व फ्रेन्च स्टारले नकार्दै अहिले खाली नै रहेका छन्। बीबीसीका अनुसार युनाइटेडले जिदानलाई ओले गुन्नारको स्थानमा प्रशिक्षक बन्नको लागि सम्पर्क गरेको थियो। तर जिदानले उक्त अवसर नकारेपछि युनाइटेडले सिजनको अन्तिमसम्मका लागि राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।

यसअघि तत्कालिन पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनो माथि पनि युनाइटेडले चासो देखाएको थियो। अर्जेन्टिनी प्रशिक्षक पनि युनाइटेडको प्रशिक्षक बन्न इच्छुक रहेको बताइएको थियो। तर पीएसजी भने पूर्व टोटनह्याम प्रशिक्षकलाई नियुक्त गरेको एक वर्ष पनि नबित्दै पोचेटिनोलाई छाड्न अनिच्छुक देखिन्छ।

तर यसै बीच पनि पीएसजीमा पोचेटिनोले छोड्ने र पेरिसमा जिदानले प्रतिस्थापन गर्ने सम्भावना भने रहेको छ। फ्रान्सको प्रशिक्षक बन्ने जिदानको चाहना सर्वविदितै छ, तर सन् २०२२ को कतारमा हुने विश्वकपसम्म डिडियर डेसच्याम्पको राष्ट्रिय टोलीसँग सम्झौता रहेकोले त्यो समयसम्म जिदानको उक्त सपना भने पूरा हुने छैन।

बीबीसीले यो पनि बताएको छ कि युनाइटेडको अवसरलाई जिदानले नकार्नुको प्रमुख कारण पार्क डेस प्रिन्सेसमा प्रशिक्षण गर्ने इच्छामा पनि आधारित रहेको छ। यी सबैको नतिजाको रूपमा, रियल म्याड्रिड पीएसजी स्टार किलियन एमबाप्पे ट्रान्सफरमा डराउन सुरु गरेको छ। पीएसजीमा जिदानको आगमनले फरवार्डलाई कम्तिमा कतार विश्वकप नपुग्दासम्म पेरिस मै रहन मनाउन सक्छ।

आफू रियलमा हुँदा जिदानले एमबाप्पेलाई म्याड्रिडमा ल्याउनको लागि सक्दो प्रयास गरेका थिए। यी दुई जोडि बीच एक-अर्काका लागि निकै सम्मान र प्रशंसा रहेको बुझिन्छ। साथै, जिदान पेरिसमा सर्जियो रामोस र केलर नाभाससँग पुनर्मिलन हुनेछन्।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१३:००

युनाइटेडमा रोनाल्डोले अब धेरै खेल्न नपाउने संकेत !