शनिको प्रभावले सन २०२२ मा यी ४ राशि हुनुपर्ने छ अत्यन्तै सावधान, कुन-कुन राशि?

ज्योतिष शास्त्रमा शनि देवलाई कर्म दिने र भाग्यको निर्माताको रूपमा हेरिएको छ। यदि कुण्डलीमा शनि राम्रो स्थितिमा छ भने, सबै ठाउँमा सफलता मिल्छ। अर्को तर्फ शनि स्थिति ठिक नहुँदा व्यक्तिलाई धेरै किसिमका कठिनाइको सामना गर्नु पर्ने हुन्छ । शनिको साढेसाती धेरै मामिलामा लाभदायक साबित हुन्छ। तर कहिलेकाहीँ शनिको प्रभावबाट राशिका मानिसका लागि हानिकारक पनि हुन्छ । यस्तो अवस्थामा शनिको प्रभाव हुने राशिहरु यस्तो अवस्थामा सचेत रहनु पर्ने हुन्छ । ज्योतिष शास्त्रका अनुसार सन २०२२ मा कुल ४ राशिमा शनिको साढेसाती रहनेछ । यस प्रकार छन् ती राशिहरु….

धनु राशि

शनिको साढेसाती प्रभाव धनु राशि भएका मानिसको आत्मबल बढ्नेछ । सन २०२२ शनिको प्रभावको कारण धनु राशि भएका मानसलाई भाग्यले साथ दिनेछ । काममा प्रगतिको बाटो खुला हुनेछ । व्यापार व्यवसायमा ध्यान दिनु पर्ने देखिन्छ । पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ । आम्दानीको स्रोत बढ्नेछ ।

मकर राशि

शनि मकर राशिको दोस्रो घरमा प्रवेश गर्ने छन् । मरक राशिको लागि यस समयमा शनिको साढे सातिको प्रभावको कारण आर्थिक लाभ हुनेछ । विदेशी कम्पनीमा लाभ हुनेछ। तर शनिको अशुभ प्रभावले अनावश्यक चिन्ता बढ्नेछ। रायसी मामिलामा चलिरहेको समस्या समाधान हुनेछ। ऋणले सताउन सक्ने हुँदा सजग रहनु होला ।

कुम्भ राशि

यस समयमा शनि ग्रह आफ्नो स्थान परिवर्तन कुम्भ राशिको पहिलो घरमा आउनेछन् । मरक राशिक व्यक्तिको लागि यस अवधिमा शनिको प्रभावको कारण राजयोग जस्तै सुख मिल्नेछ । स्वास्थ्य सम्बन्धी समस्याको अन्त्य हुनेछ । अनावश्यक खर्चबाट मुक्ति मिल्नेछ। तर, वैवाहिक जीवन र प्रेम जीवनमा धेरै सजग हुनुपर्छ।

मीन राशि

मीन राशिलाई यो समयमा धेरै सावधानी अपनाउनुपर्छ। विशेष गरी आर्थिक मामिलामा सोचविचार गरेर निर्णय लिनुपर्नेछ। प्रेम र दाम्पत्य जीवनमा सावधानी अपनाउनुपर्नेछ। कार्यस्थलमा पनि सहकर्मीहरूसँग राम्रो व्यवहार गर्नुपर्छ। यसबाहेक, तपाईले बाससँग राम्रो सम्बन्ध कायम राख्नु पर्छ।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१५:०६

वृश्चिक राशिमा लाग्दैछ यस वर्षको अन्तिम ‘सूर्यग्रहण’, यी २ राशिलाई व्यवसायमा लाभै-लाभ !