ओले गुन्नार सोल्स्कजायरको विकल्प फेला परेसँगै म्यानचेस्टर युनाइटेडका फ्यानहरूको उत्साह उच्च भएको छ। लगातारको खराब प्रदर्शनपछि वर्खास्त भएका ओलेको स्थानमा नियुक्त गर्नको लागि धेरै नाम चर्चामा आएको थियो।
युनाइटेडको प्रशिक्षकको पदमा न जिदान, मौरिसियो पोचेटिनो हुनेछन् न अर्नेस्टो भाल्भर्डे नै ओल्ड ट्राफोर्डको प्रशिक्षक बन्नेछन्। राल्फ रङ्गनिक प्रारम्भिक छ महिनाका लागि युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा पुष्टि भएका छन्। सहमति भएको छ महिना पछि, रङ्गनिक क्लबमा माथिल्लो स्तरको भूमिकामा जान्छन्, जहाँ उनले आफ्नो क्यारियरमा धेरै सफलताको हात पारेका छन्।
रङ्गनिक प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले आफ्ना फ्यानहरूलाई उत्साहित गराउने तरिकामा खेल्न गइरहेको छ, वा कमसेकम उनीहरूले खेल्नुपर्नेछ। ६३ वर्षीयाले जर्मनीमा आफ्नो करियर भरि ‘प्रोफेसर’ उपनामको साथ काम गरेका छन्, र उनी खेलको उत्कृष्ट विचारकर्ताहरू मध्ये एकको रूपमा चिनिन्छन्।
जोर्गन क्लोप र थोमस टुचेल दुबै रङ्गनिकको कामबाट धेरै प्रभावित भएका छन्, जबकि बायर्न म्युनिखका जुलियन नागेल्सम्यानले आरबी लेइप्जिगमा सँगै रहँदा उनीबाट धेरै कुरा सिके। आफूले काम गर्ने व्यक्तिहरुलाई सुधार गर्नका लागि परिचित रङ्गनिकसँग म्यानचेस्टरमा थुप्रै प्रतिभाशाली खेलाडी रहनेछन्।
उनको अन्डरमा युनाइटेडले प्रेसिंग गेम खेल्नेछ जुन सोल्स्कजायरको समयमा देख्न मिलेको थिएन। र रङ्गनिकको नजरमा कुनै पनि खेलाडी ठूला र साना स्तरका हुनेछैनन्। हरेक खेलाडीले प्रशिक्षकले मागेको दिनै पर्नेछ। यसै सिजन मात्र क्लब फर्किएका क्रिस्टियानो रोनाल्डोको नाममा प्रिमियर लिगको सबैभन्दा खराब प्रेसिंग तथ्याङ्कहरू छन्, त्यसैले रङ्गनिकको दृष्टिकोणमा उनको उपयुक्तताको बारेमा प्रश्नहरू उठ्न सुरु भएका छन्।
यद्यपि क्रिस्टियानो वरिपरि धेरै छिटो, युवा खेलाडीहरू छन्, पोर्चुगिज स्टारले आफ्नो टोलीसँग बल नभएको समयमा प्रेस गर्न सुरु गर्नुपर्ने हुनसक्छ, जुन उनले वर्षौं देखि युभेन्टस होस् वा रियल म्याड्रिडमा गरेका छैनन्। जसको कारण पनि रङ्गनिकको टोलीमा रोनाल्डोले हरेक मिनेट प्राप्त गर्नेमा शंका रहेको छ।

