‘पहिला लाग्थ्यो मेस्सी उत्कृष्ट हुन्, तर वास्तविकता त रोनाल्डो निकै उत्कृष्ट रहेछन्’

फ्रान्क लाम्पार्डले लियोनेल मेस्सी-क्रिस्टियानो रोनाल्डो विवादमा आफ्नो अडान परिवर्तन गरेको स्वीकार गर्दै अब आफू म्यानचेस्टर युनाइटेड स्टारको पक्षमा रहेको बताएका छन्। यो जोडी नयाँ उचाइमा पुग्दा गत एक दशक भन्दा बढी समयबाट यो प्रश्न उठ्दै आएको छ।

गत १२ मध्ये ११ ब्यालोन डी ओर विजेता रहेका यी दुई स्टारले लामो समयदेखि फुटबलको व्यक्तिगत अवार्डहरूमा प्रभुत्व जमाएका छन्। यसले एक अपरिहार्य प्रतिद्वन्द्वी निम्त्याएको छ – प्रशंसकहरू, खेलाडीहरू र प्रशिक्षकहरू प्रायः आफ्नो मूल्यांकन गर्दै एकको पक्षमा हुन्छन्। रोनाल्डोको गोल गर्ने क्षमता र उत्कृष्ट बन्ने भोकका कारण धेरै उनीबाट प्रभावित हुन्छन् भने अरूले मेस्सीले खेल शैली, प्रतिभालाई प्राथमिकता दिने गरेका छन्।

पूर्व चेल्सी स्टार फ्रान्क लाम्पार्डले धेरै पटक यस प्रश्नको सामना गरेका छन्, जसमा उनी सधैं मेस्सीको पक्षमा देखिने गर्थे। यद्यपि, हालैका समयमा, पूर्व चेल्सी प्रशिक्षकले स्वीकार गरे कि उनले अब यस प्रश्नमा आफ्नो जवाफ बदलेका छन्। ग्यारी नेभिलले ओभरल्यापमा प्रश्न खडा गरे र लाम्पार्डले जवाफ दिए: “तपाईलाई थाहा छ ? म सधैं मेस्सीको फ्यान हुँ … र त्यसपछि मैले भर्खरै कारा (जेमी क्यारागर) सँग तपाईंको बहस हेरे। म वास्तवमा रोनाल्डोको आउटपुट र वास्तविक संख्या र ठूला फाइनलहरूमा र सेमिफाइनलहरूका गोलहरू देखेर सोच्दछु। मलाई लाग्छ अब म रोनाल्डो तर्फ झुक्न थालेको छु। अब यसले थुप्रै घृणा निम्याउँनेछ।”

रोनाल्डो र मेस्सी दुवैले यसै समरमा नयाँ चुनौती लिँदै मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र रोनाल्डो म्यानचेस्टर युनाइटेड प्रस्थान गरेका छन्। दुबै स्टारले आफूले चाहे जस्तो नयाँ क्लबमा प्रभाव भने जमाउन सकेका छैनन्।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१६:१८

जब खेलअघि नै रोनाल्डोले बार्सिलोनालाई ध्वस्त बनाउने सोचेछन् [भिडियो सहित]