अल्छी मेस्सीलाई आफैंसँग लाज लाग्नु पर्ने भन्ने यस्तो टिप्पणी सहि साबित भयो [भिडियो सहित]

बुधबार राति पीएसजी विरुद्ध म्यानचेस्टर सिटीको २-१ को जितमा सिटीले पीएसजी विरुद्ध बराबरी गोल गर्दै गर्दा लियोनल मेस्सीको मैदानमा हिंडिरहेको फुटेज भाइरल भएको छ र यसले राफेल भान डेर भार्टको अर्जेन्टिनी स्टारको बारेमा गरेको टिप्पणीलाई प्रमाणित गर्दछ।

क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफ्नो टोलीसँग बल नहुँदा विपक्षी माथि दबाब दिन नसकेको बारेमा धेरै आलोचना गर्ने गरिन्छ तर मेस्सीले पनि आजकल धेरै दौडिने गर्दैनन्। वास्तवमा, उनी बुधबार च्याम्पियन्स लिग खेलमा सिटी विरुद्ध रहिम स्टर्लिङको बराबरी गोलका लागि दोषी थिए जब उनले बललाई पछ्याउन कुनै चासो दिएनन्।

सिटीले आक्रमणको निर्माण गरिरहेको थियो र बल एक फ्ल्यान्कबाट अर्को फ्ल्यान्कमा सार्दै गर्दा मेस्सी मूलतः उभिएर हेरिरहेका थिए। रोड्रिले मिठो शैलीमा काइल वाकरलाई बल पास दिए र फुल ब्याकले आफ्नो इङ्ल्यान्ड टिममेटलाई पास दिए जसमा रहिमले सिटीका लागि बराबरी गोल गर्न सफल भए।

भिडियो मेस्सीको लागि धेरै हानिकारक छ, तथापि, उनको काम-दरको कमी रहेको दर्शकहरूले प्रश्न उठाए। मेस्सी समर्थकले उनी हरेक मिनेट कुद्नु पर्ने आशा राखेका छैनन् तर पनि उनले विपक्षी खेलाडी माथि दबाद बनाएर उनीहरुका लागि खेल कठिन भने बनाउने प्रयास गर्न सक्थे। उक्त खेलपछि ६ पटकका ब्यालोन डी ओर विजेता मेस्सीको आलोचना गर्दै पूर्व डच खेलाडी भान डेर भार्टले विपक्षीले गोल गरिरहँदा मेस्सी भने मैदानमा लुरु-लुरु हिडी रहेको देख्दा आफूलाई मेस्सी देखि निकै रिस उठेको र खेलाडी स्वयम् लाई पनि यस्तो गर्न लाज लाग्नुपर्ने बताएका थिए।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१८:०३

गडफादर अफ गेगेनप्रेस युनाइटेड आउने भएपछि तहल्का, क्लोप र टुचेलका समेत हुन् गुरु !