फुटबल लेजेण्ड भन्छन् – ‘रोनाल्डोको आलोचना गर्नुको अर्थ छैन’

एजेन्सी – पोर्चुगलका दिग्गज फुटबलर लुइस फिगोले क्रिस्टियानो रोनाल्डोको आलोचना गर्नुको अर्थ नहुने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा फिगोले रोनाल्डो सधैं राम्रो प्रदर्शन गर्ने हुँदा आलोचना गर्नुको अर्थ नहुने बताएका हुन।

पोर्चुगलबाट प्रकाशित हुने एक पत्रिकालाई अन्तर्वार्ता दिनेक्रममा फिगोले रोनाल्डो प्रदर्शनको मामलामा सधैं अगाडी रहने बताए। रोनाल्डो सधैं उच्च प्रदर्शन गर्ने हुँदा रोनाल्डोको आलोचना गर्नु बेकार हुने उनको भनाई छ।

“आलोचना गर्नुको कुनै अर्थ छैन। उनी उत्कृष्ट खेलाडी हुन्। हो उनको टोलीले राम्रो नतिजा हाँसिल गर्न सकेको छैन। तर प्रदर्शनको हिसाबले टोलीमा सबै भन्दा उत्कृष्ट उनी छन्। त्यति हुँदा-हुँदै पनि आलोचना भएको देखेर मलाई अचम्म लाग्छ।”,फिगोले भने।

त्यस्तै फिगोले रोनाल्डो यस वर्षको बालोन डी’ओरको हकदार रहेको पनि बताएका छन्। रोनाल्डोले बालोन डी’ओर जित्नु नपर्ने कारण नभएको उनले बताए। रोनाल्डो, लियोनेल मेस्सी र क्रिम बेन्जेमा मध्ये बालोन डी’ओरमा प्रतिष्पर्धा हुने उनको भनाई छ।

युभेन्टसबाट यहि सिजन म्यानचेस्टर युनाइटेड आएका रोनाल्डो धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। युनाइटेड फिर्ता भएको पहिलो केहि महिनामै उनले आफूलाई मुख्य खेलाडीको रुपमा उभ्याएका छन्। प्रिमियर लिगमा रोनाल्डोको प्रदर्शन केहि कम्जोर रहेपनि च्याम्पियन्स लिगमा भने उनी लगातार गोल गरिरहेका छन्।

च्याम्पियन्स लिगका पाँच खेल खेल्दा उनले ६ गोल गरिसकेका छन्। जारी सिजनमा रोनाल्डोले प्रिमियर लिगका ९ खेल खेलेका छन्। जसमा उनले मात्रै ४ गोल गरेका छन्।

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८१६:०८

मेस्सीले भन्दा बढी बालोन डी’ओर नजिती रोनाल्डोले सन्यास नलिने खुलासा !