रोनाल्डोको विश्वकप खेल्ने सपनामा इटाली बाधक !

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेका छन् । यससँगै दुई राष्ट्रमध्य एकले मात्र विश्वकपमा खेल्ने पक्का भएको छ ।

शुक्रबार भएको समूह ड्रमा पोर्चुगल र इटाली समूह सीमा रहेका हुन् । अब दुवै टोलीले आफ्नो प्लेअफको पहिलो खेल जितेमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इटालीले पहिलो खेलमा उत्तर म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

प्लेअफको समूह ए मा स्कटल्याण्डले युक्रेनको सामना गर्दा वेल्स र अष्ट्रिया भिड्नेछन् । यी दुई खेलको विजेताले फाइनल खेल्नेछन् । उक्त खेलको विजेता विश्वकपमा पुग्नेछ ।

समूह बी मा रुसले पोल्यान्डको सामना गर्नेछ । त्यस्तै स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ । यी दुई खेलको विजेताबीच हसने खेल जित्ने टोलफ कतार विश्वकपमा लागि छनोट हुनेछ । प्लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ ।

प्लेअफको ड्रमा टोलीहरुलाई दुई पटमा विभाजन गरिएको थियो । शीर्ष ६ टोलीले पहिलो चरणमा दोस्रो पटको टोलीसँग खेल्दैछन् । यसपटक प्लेअफमा दुई लेगको खेल नभएर दुई चरणमा १-१ खेल हुनेछन् ।

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८०९:३१

“गएवर्ष पनि बालोन डी’ओरको हकदार लेवान्डोस्की थिए, यसवर्ष पनि उनी नै हकदार हुन्”