एजेन्सी – धन, ऐश्वर्य, सुन्दरता, भौतिक सुख आदिको कारक मानिने शुक्र ग्रहले मङ्सिर २२ गते राशि परिवर्तन गर्दैछ। त्यसदिन शुक्र ग्रह धनु राशिबाट मकर राशिमा प्रवेश गर्नेछ। मङ्सिर २२ गते दिउँसो १ बजेर ११ मिनेट पश्चात मकर राशिमा प्रवेश गरेको शुक्र पौष १५ गते सम्म रहनेछ।
शुक्रले धनु राशि छाडेर मिथुन राशिमा प्रवेश गर्दा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। त्यसमध्ये केहिलाई शुभ प्रभाव पर्नेछ भने केहिलाई अशुभ। ज्योतिषीहरुका अनुसार शुक्र मकर राशिमा प्रवेश गर्दा सबै भन्दा बढी निम्न राशि हुनेहरुलाई आर्थिक लाभ हुनेछ।
मेष राशि
शुक्रले राशि परिवर्तन गर्दा मेष राशि हुनेहरुको जीवनमा सकारात्मक प्रभाव पर्नेछ। शुक्रका कारण आर्थिक समस्या देखि छुटकारा मिल्नेछ भने आम्दानीका नयाँ श्रोत फेला पर्नेछन्। कार्यक्षेत्र सहजै सफलता मिल्नेछ। सरकारी क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त हुनेछ। रोजगारको क्षेत्रमा पनि ठूलो फद्को मार्न सफल भइनेछ। शुक्रले यश, मान, प्रतिष्ठा बढाउन सक्ला।
वृष राशि
शुक्रको राशि परिवर्तन वृष राशि हुनेहरुका लागि लाभप्रद साबित हुनेछ। ग्रहहरूको स्थितिले व्यापारको क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ। भविष्यमा धेरै महत्व राख्ने कार्यको थालनी हुनेछ। हरेक कार्यमा परिवारको तर्फबाट पूरा सहयोग मिल्नेछ। मिहिनेतले उचित फल दिँदा जाँगर बढेर जानेछ। प्रेम जीवनमा पनि शुक्रको सकारात्मक नै प्रभाव रहला। घर-जग्गा सम्बन्धि कार्यले आर्थिक लाभ गराउनेछ।
सिंह राशि
शुक्रको राशि परिवर्तनले सिंह राशि हुनेहरुलाई वित्तीय लाभ प्रदान गर्नेछ। नयाँ कार्य थालनीको योजना सफल हुनेछ। डुबेको धन उठ्न सक्ला। यात्राले पनि आर्थिक लाभ नै गराउनेछ। महत्वपूर्ण कार्य सफल हुँदा आर्थिक स्तर परिवर्तन हुनेछ। गर-गहना जोड्ने अवसर पनि मिल्न सक्ला। आवश्यक परेको खण्डमा आफन्तले पनि सहयोग गर्नेछन्।
कन्या राशि
शुक्र मकर राशिमा प्रवेश गरेसँगै आम्दानी दोब्बर हुनेछ। व्यवसायमा रहेका बाधा अड्चन हटेर जानेछन्। साझेदारीको माहोल बन्न सक्ला। सरकारी क्षेत्रबाट रहेको रुकावट हट्नेछ। कृषि कर्मले पनि लाभ दिलाउने देखिन्छ। व्यवसायका लागि विदेशको यात्रा हुने योग देखिन्छ। धन संचित गर्न समेत सकिनेछ।