ब्यालोन डी ओरमा मेस्सी मात्र तेस्रो ? रोबर्ट लेवान्डोस्की विजेता ?

लियोनल मेस्सी फ्यान-भोट गरिएको बालोन डी’ओर पोलमा मात्र तेस्रो स्थानमा खुम्चिएका छन् भने फुटबल समर्थकको नजरमा रोबर्ट लेवान्डोस्की यस वर्षको योग्य ब्यालोन डी ओर विजेता घोषित हुनुपर्छ।

आधिकारिक अवार्ड सोमबार साँझ हस्तान्तरण गरिनेछ र सबै चीजहरुले मेस्सी सातौं पटक विजेता घोषित हुने संकेत गर्दछ। थुप्रै रिपोर्टका अनुसार मेस्सीलाई पनि यसबारे जानकारी गराइ सकिएको र उनले आफ्ना साथीहरू र परिवारलाई पनि यस ऐतिहासिक उपलब्धिको बारेमा बताइसकेका छन्। तर प्राय: फुटबल समर्थकको नजरमा भने यो मेस्सीको वर्ष हैन। त्यसैले पनि Transfermarkt ले प्रश्नको उत्तर खोज्ने निर्णय गर्यो।

इन्स्टाग्राममा पोलहरू प्रयोग गरेर, डाटा ह्विजले रियल बालोन डी’ओर विजेता को हुनुपर्छ भनेर निर्धारण गर्न नकआउट ढाँचा सिर्जना गरेको थियो। तलको पूरा नतिजाहरू हेर्नुहोस् र यदि तपाईं मेस्सी र क्रिस्टियानो रोनाल्डो कहाँ छन् भनेर सोचिरहनुभएको छ भने, उनीहरूले अन्तिम १६ मा स्वत: बाइ पाएका छन्।

राउण्ड अफ ३२ 

ब्रुनो फर्नान्डेज भर्सेस जर्जिनो किएलिनी – विजेता: ब्रुनो फर्नान्डेज

करिम बेन्जेमा भर्सेस निकोलो बरेला – विजेता: करिम बेन्जेमा

केभिन डी ब्रुएन भर्सेस सेजर अज्पिलीकुएटा – विजेता:  केभिन डी ब्रुएन

जियानलुइजी डोनारुमा भर्सेस रुबेन डियास – विजेता: जियानलुइजी डोनारुमा

एर्लिंग हालाण्ड भर्सेस फिल फोडेन – विजेता: एर्लिंग हालाण्ड

ह्यारी केन भर्सेस जर्जिन्हो – विजेता: ह्यारी केन

मोहम्मद सलाह भर्सेस लियोनार्दो बोनुसी – विजेता: मोहम्मद सलाह

रोबर्ट लेवान्डोस्की भर्सेस रियाद महारेज – विजेता: रोबर्ट लेवान्डोस्की

रोमेलु लुकाकु भर्सेस लुका मोड्रिक – विजेता: रोमेलु लुकाकु

किलियन एम्बाप्पे भर्सेस लाउतारो मार्टि नेज – विजेता: किलोयन एम्बाप्पे

पेड्री भर्सेस रहिम स्टर्लिंग – विजेता: पेड्री

एन्गोलो कान्ते भर्सेस जेरार्ड मोरेनो – विजेता: एन्गोलो कान्ते

नेयमार भर्सेस मेसन माउन्ट – विजेता: नेयमार

लुइस सुवारेज भर्सेस सिमोन केजाएर – विजेता: लुइस सुवारेज

अन्तिम १६ 

लियोनल मेस्सी भर्सेस ब्रुनो फर्नान्डेज – विजेता: लियोनल मेस्सी

करिम बेन्जेमा भर्सेस केभिन डी ब्रुएन – विजेता: करिम बेन्जेमा

जियानलुइजी डोनारुमा भर्सेस एर्लिंग हालाण्ड – विजेता: एर्लिंग हालाण्ड

ह्यारी केन भर्सेस मोहम्मद सलाह – विजेता: मोहम्मद सलाह

रोमेलु लुकाकु भर्सेस रोबर्ट लेवान्डोस्की – विजेता: रोबर्ट लेवान्डोस्की

किलियन एम्बाप्पे भर्सेस पेड्री – विजेता: किलियन एम्बाप्पे

नेयमार भर्सेस  एन्गोलो कान्ते – विजेता: एन्गोलो कान्ते

लुइस सुवारेज भर्सेस क्रिस्टियानो रोनाल्डो – विजेता: क्रिस्टियानो रोनाल्डो

क्वाटर फाइनल 

एर्लिंग हालाण्ड भर्सेस मोहम्मद सलाह – विजेता: मोहम्मद सलाह

किलियन एम्बाप्पे भर्सेस रोबर्ट लेवान्डोस्की – विजेता: रोबर्ट लेवान्डोस्की

एन्गोलो कान्ते भर्सेस क्रिस्टियानो रोनाल्डो – विजेता: क्रिस्टियानो रोनाल्डो

लियोनल मेस्सी भर्सेस करिम बेन्जेमा  – विजेता: लियोनल मेस्सी

सेमी-फाइनल 

क्रिस्टियानो रोनाल्डो भर्सेस रोबर्ट लेवान्डोस्की – विजेता: रोबर्ट लेवान्डोस्की

लियोनल मेस्सी भर्सेस मोहम्मद सलाह – विजेता: मोहम्मद सलाह

फाइनल 

मोहम्मद सलाह भर्सेस रोबर्ट लेवान्डोस्की – विजेता: रोबर्ट लेवान्डोस्की

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८११:३१

चेल्सीको पेलान युनाइटेडले थेग्न सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?