रङ्गनिकको नियुक्तिले युनाइटेडमा रोनाल्डोको भविष्य अन्धकारमा, अब गए पोर्चुगिजका दिन !

राल्फ रङ्गनिकले एक पटक क्रिस्टियानो रोनाल्डोको बारेमा निकै रोचक टिप्पणी गरेका थिए जसको कारण नै हाल पोर्चुगिज स्टारको म्यानचेस्टर युनाइटेडमा भविष्य छ वा छैन भन्ने प्रश्न उठ्न सुरु भएको छ।

ओले गुन्नार सोल्स्कजायरलाई गत आइतबार बर्खास्त गरेपछि रङ्गनिक बाँकी सिजनका लागि क्लबको अन्तरिम प्रबन्धक बन्ने पक्का-पक्कि भएको छ। आफ्नो टोलीले खेल्न चाहेको स्पष्ट शैलीका लागि युरोपभर प्रख्यात रहेका जर्मन प्रशिक्षकको ख्याअती रोनाल्डोको लागि विपत्ति हुन सक्छ।

जब आफूले रोनाल्डो वा प्रतिद्वन्द्वी लियोनेल मेस्सी मध्ये २०१६ मा कसलाई अनुबन्ध गर्ने भनेर सोध्दा, रङ्गनिकले जवाफ दिए: “यहाँ [लेइप्जिगमा] उनीहरुसँग काम गर्न सकिन्छ भन्ने सोच्नु गलत हुनेछ। उनीहरु दुबै बुढा र महँगा छन्। यस्ता टिप्पणीहरू भएपछि रोनाल्डोले रियल म्याड्रिडबाट तीन पटक च्याम्पियन्स लिग जिते र क्रमशः युभेन्टस र युनाइटेडमा स्थानान्तरण भए।

त्यस्तै, मेस्सीले बार्सिलोनाबाट यस सिजन पेरिस सेन्ट-जर्मेनमा स्थानान्तरण हुनुअघिका हरेक वर्ष क्लबलाई आफ्नै काँधमा बोकेका थिए। यस सिजन पनि युनाइटेडले संघर्ष गरिरहँदा क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। रोनाल्डोले प्रिमियर लिगमा नौ खेलमा चार गोल र च्याम्पियन्स लिगमा पाँच खेलमा ६ गोल गरेका छन्।

६ महिनाका लागि अन्तरिम प्रशिक्षकको भूमिकामा रहने रङ्गनिक ओल्ड ट्राफोर्डमा ‘परामर्श भूमिका’ मा दुई वर्षको लागि रहने बुझिएको छ। जर्मन प्रशिक्षकको नियुक्तिमा धेरै फ्यानहरू उत्साहित छन्, तर केही युनाइटेड खेलाडीहरू सम्झौता कसरी सञ्चालन गरियो भनेर ‘खुश’ नभएको बताइएको छ।

२०१६ को टिप्पणी र रङ्गनिकको हाइ-प्रेसिंग खेल शैली रोनाल्डोलाई कतै अनुकूल नभएको कारण पनि क्लबमा उनको भविष्य कस्तो रहला र कति समय रहला भन्ने शंका अहिले धेरैको मनमा रहेको छ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८१३:०१

यी १० स्टार जसलाई लाग्छ ब्यालोन डी ओर मेस्सीले कुनै हालतमा जित्नु हुँदैन !