हप्ताको पहिलो दिन नै बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा हप्ताको पहिलो दिन नै सुनको मूल्य बढेको छ। गएको हप्ता केहि दिन लगातार घटेर शुक्रबार बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

गत हप्ता सुनको मूल्य

पछिल्ला हप्ताहरुमा भन्दा गत हप्ता सुन केहि सस्तो मूल्यमा कारोबार भयो। गएको हप्ता छापावाला सुन ९१ हजार ७ सय देखि ९३ हजार ९ सय सम्ममा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने ९१ हजार २ सय देखि ९३ हजार ४ सय रुपैंयाँ सम्ममा कारोबार भएको थियो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु १५ ले घटेर १ हजार २ सय १० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८११:४८

अचानक किन अनिल कपुर र माधुरी दीक्षितबीच बढ्यो दुरी ? यस्तो छ कारण !