वर्तमान संवत्सरको राजा र मन्त्री दुवै पदमा बस्ने महान ग्रह पृथ्वी पुत्र मंगल ग्रह ३ महिना १२ दिन अस्त रहेपछि मंसिर १३ गते सोमबार बिहान ६ः१८ बजे तुला राशिमा प्रवेश गरी पूर्वमा उदाउदै छ । यसअघि मंगल ग्रह भदौ १ गते साँझ ७ बजे पश्चिममा अस्ताएको थियो। जसको कुण्डलीमा हाल अशुभ घरमा मंगल स्थित रहेको छ उनीहरुको लागि कम तर शुभ घरमा उपस्थित हुनेहरुको लागि मंगल धेरै शुभताको कारक रहनेछ । मेष र वृश्चिक राशिको स्वामी मंगललाई कर्कट राशिमा दुर्बल र मकर राशिमा श्रेष्ठ मानिन्छ। मंगल ग्रहको उदय हुँदा कुन-कुन राशिमा अशुभ प्रभाव पर्नेछ भन्ने बारेमा जानौं….
कन्या राशि
मंगलको प्रभाव धेरै अशुभ रहनेछ। कुनै न कुनै कारणले पारिवारिक कलह र मानसिक अशान्ति बढ्न सक्छ, यसलाई बढ्न नदिनुहोस्। परिवारमा पृथकताको अवस्था नआओस् । घरजग्गा सम्बन्धि मामिलामा उल्झन आउनसक्छ । घर वा सवारीसाधन पनि किन्न चाहनुहुन्छ भने अवसर राम्रो भन्न मिल्दैन । यस अवधिमा आफ्नो बोलीमा संयम राख्नुहोला।
तुला राशि
मंगल ग्रहले धेरै अप्रत्याशित परिणामहरू र उतार-चढाव ल्याउन सक्छ, त्यसैले प्रत्येक कार्य र निर्णय धेरै सावधानीपूर्वक गर्न आवश्यक छ। उर्जामा वृद्धि हुनेछ, लिएको निर्णय र गरेको कामको प्रशंसा पनि हुनेछ । विद्यार्थी तथा प्रतियोगीतामा सहभागी हुनेहरुको लागि समय अनुकुल नरहला । यस अवधिमा कसैलाई बढी ऋण नदिनुहोस्, अन्यथा तपाईंले आर्थिक हानिको सामना गर्नुपर्नेछ।
वृश्चिक राशि
मंगल ग्रहको प्रभाव धेरै राम्रो छ भन्न सकिदैन। झगडा र विवादबाट टाढै रहनुहोस् र अदालत सम्बन्धि मामिलाहरू बाहिर नै समाधान गर्नु बुद्धिमानी हुनेछ। लाभदायक यात्राको सम्भावना त छ तर सामान चोरी हुने पनि सम्भावना रहेको छ। कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दा कृपया नियम र सर्तहरू सावधानीपूर्वक जाँच गर्नुहोस्।
मीन राशि
मंगल ग्रहको प्रभाव स्वास्थ्यको दृष्टिकोणले धेरै राम्रो छ भन्न सकिँदैन। कार्यस्थलमा पनि षड्यन्त्रको शिकार हुनबाट जोगिनुहोला। यस अवधिमा, कुनै पनि घरजग्गा सम्झौता वा कसैसँग कुनै सम्झौतामा हस्ताक्षर गर्नु अघि, नियम र सर्तहरू गम्भीरतापूर्वक जाँच गर्नुहोस्, अन्यथा समस्यामा पर्ने सम्भावना छ। परिवारमा नकारात्मक अवस्था आउन नदिनुहोस्।