हुने विरुवाको चिल्लो पात: ८ वर्ष मै मेस्सीले देखाएका थिए उनी सर्वश्रेष्ठ बन्नेछन् [भिडियो सहित]

लियोनेल मेस्सीले लामो समयदेखि विपक्षीहरूलाई नराम्रोसँग छक्याउँदै आएका छन् र ३४ वर्षीय स्टारको बाल्यकालमा फुटबल खेलेको फुटेजले देखाउँदछ कि उनले यस्ता हर्कत फुटबल जगतमा फस्टाउनु भन्दा धेरै अगाडीबाट नै गर्दै आएका छन्। मेस्सी फुटबल इतिहास कै महान् फुटबलरका लागि लामो समय देखि चर्चामा रहँदै आएका छन् र कसैको लागि उनी नम्बर एक हुन् भन्नेमा कुनै शंका छैन।

३४ वर्षको उमेरमा पेरिस सेन्ट-जर्मेन स्टार आफ्नो करियरको सुरुवात भन्दा अन्त्यको नजिक छन् तर उनी अझै पनि विश्वको उत्कृष्ट मध्ये एक खेलाडी हुन्। हाल सबै कुराले संकेत गरेको छ कि सोमबार पेरिसमा मेस्सीले करियरको सातौं ब्यालोन डी ओर अवार्ड जित्नेछन्। त्यसैले, यो समय निकै राम्रो हुनसक्छ उनको विगतका समयमा हेर्नको लागि।

यद्यपि हामी उनको बार्सिलोनाका वर्षहरूको बारेमा कुरा गरिरहेका छैनौं। हामी २७ वर्ष पहिलेको कुरा गर्दैछौं! लगभग सात वर्षको उमेरमा मेस्सीले विपक्षीहरूलाई ध्वस्त बनाएको फुटेज भाइरल भएको छ र यसले देखाउँछ कि उनी पहिलेबाट नै कति उत्कृष्ट खेलाडी हुन्। एक ट्विटर प्रयोगकर्ताले यसलाई पूर्ण रूपमा संक्षेप गर्दै भने, “८ वर्षको उमेरमा मेस्सीले सायद १७ वर्षको उमेरको मलाई फुटबल पिचमा एक मग जस्तो देखाउँछन् होला।”

अर्कोले थपे, “म तपाईंलाई आश्वस्त पार्न सक्छु कि यो सामान्य होइन। यो कुनै एलियनको हर्कत हो। मलाई विश्वास गर्नुहोस्।” तेस्रोले भने, “मेस्सी महान बन्नको लागि जन्मेका हुन् !! उनी फुटबलमा महानतालाई पुन: परिभाषित गर्न जन्मेका हुन् !!”

कतिपयले अर्जेन्टिनी स्टार फरवार्डलाई पृथ्वीकै सबैभन्दा महान् खेलाडीको रूपमा हेर्दा मार्को अर्नाटोभिकले युरो २०२० मा मेस्सी अर्कै ग्रहबाट भएको दाबी गरेका थिए।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८१५:२८

मेस्सीले सातौँ पटक बालोन डी ओर जितेको पुष्टि, सबैले यो चोरी भएको भने !