लियोनल मेस्सी यस वर्ष कीर्तिमानी सातौं बालोन डी’ओर अवार्ड जित्ने प्रबल दावेदार हुन् ।
३४ वर्षीय स्टार खेलाडीले गत सिजन ३० गोलको साथमा कीर्तिमान आठौं पिचिची ट्रफी जित्दा बार्सिलोनाका साथ कोपा डेल रे उपाधि जितेका थिए। ११ औं पटक लालिगा जित्न नसकेका मेस्सीको लागि क्लब स्तरमा सिजन त्यति खास नरहेपनि व्यक्तिगत प्रदर्शनका आधारमा भने पूर्व बार्सिलोना कप्तान निकै उत्कृष्ट रहेका थिए।
तर, मेस्सीलाई यस वर्षको बालोन डी’ओर अवार्डको उपाधि जित्नको लागि दावेदार बनाउने कारक भने यसै समरमा अर्जेन्टिनाका साथमा गरेको प्रदर्शन हो। तीन पटक कोपा अमेरिका फाइनलमा पराजित भएपछि मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई अन्तराष्ट्रिय उपाधि जिताउन सफल भए। ला अल्बिसेलेस्टेको तीन दशक लामो ट्रफी खडेरी समाप्त गर्ने क्रममा उनले प्रतियोगिताभर चार गोल र पाँच असिस्ट गरे।
प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनका लागि मेस्सीले गोल्डेन बुटका साथै प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि जिते । यसै सिजन मात्र बार्सिलोनाबाट पीएसजी प्रस्थान गरेका मेस्सीले फ्रान्समा आफ्नो प्रभाव छाड्न भने सफल भएका छैनन्। उनले फ्रेन्च क्लबका लागि सबै प्रतियोगितामा मात्र ४ गोल गर्न सफल भएका छन्। तर मेस्सीले आफ्नो प्रभावशाली बालोन डी’ओर सङ्ग्रहमा थप एक अवार्ड थप्नका लागि पर्याप्त काम गरिसकेका छन्।
यी ५ दिग्गज खेलाडीको नजरमा मेस्सी यस वर्ष बालोन डी ओर जित्न योग्य रहेका छन्।
५. जाभियर जानेटी (पूर्व अर्जेन्टिना तथा इन्टर मिलान स्टार)
“मेस्सीले बालोन डी’ओर जित्नैपर्छ किनभने उनी अझै पनि बाँकी भन्दा फरक खेलाडी हुन्, सधैं निर्णायक। हामी फुटबलको सारको बारेमा कुरा गर्दैछौं। उसले फुटबल खेल्न थालेदेखि उनको तथ्यांक प्रभावशाली छ, त्यो युरोपमा होस् वा अर्जेन्टिनामा। र अब, यति लामो समय पछि, कप्तानको रूपमा उनले कोपा अमेरिका जित्न र पूरै देशलाई खुसी बनाउन सफल भए। त्यो सबैको लागि, मेरो लागि, उनी बालोन डी’ओर जित्न योग्य छन्।”
४. जेरार्ड पिके (मेस्सीका पूर्व टिममेट)
“बलोन डी’ओर? यदि विजेता मापदण्ड अनुसार भोट गर्ने हो भने, मेस्सी। र यदि संसारमा सर्वश्रेष्ठ खेलाडीलाई दिने हो भने पनि मेस्सी।”
३. ग्यारी लिनेकर (पूर्व फुत्बर स्टार र हाल फुटबल पण्डित)
“मेस्सीलाई हराउन गाह्रो हुनेछ। उनले सिजनको पहिलो भागमा उत्कृष्ट खेले र त्यसपछि अर्जेन्टिनालाई कोपा अमेरिका जिताए।”
२. लुइस सुवारेज (मेस्सीका पूर्व टिममेट)
“बालोन डी’ओरको लागि, तपाईंले एक वर्षमा कसैले के गरेको छ भनेर मात्र हेर्नु हुँदैन, तर तपाईंले खेलाडीको रूपमा कोही कस्तो छ भनेर पनि हेर्नुपर्छ। मलाई विश्वास छ कि मेस्सीको कुनै प्रतिद्वन्द्वी छैन।”
१. सामुएल इटो (मेस्सीका पूर्व टिममेट)
“मेस्सी सधैं मेरो लागि सानो भाइ जस्तै हुन्। म उनको एक व्यक्ति र एक खेलाडीको रूपमा धेरै प्रशंसा गर्छु … मैले उनलाई हुर्केको देखेको छु, र मेरो उनीप्रति विशेष माया छ। मेरो लागि, उनी अझै पनि विश्वको सर्वश्रेष्ठ खेलाडी हुन्। यदि हामीले लियोलाई हटायौं भने, त्यहाँ अरूहरू छन् जुन मलाई मनपर्छ, जस्तै बेन्जेमा। उनी मलाई मनपर्ने खेलाडी हुन्।”

