नराम्ररी घाइते भए नेयमार, खुट्टा यसरी फर्कियोकि सबैको होश उड्यो ! [भिडियो]

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फरवार्ड नेयमार घाइते भएका छन्। आइतबार भएको सेन्ट इटिएन विरुद्धको खेलका क्रममा नेयमार घाइते भएका हुन्।

विपक्षी टोलीका खेलाडीले ट्याकल गरेपछि अनियन्त्रित भएर विपक्षी खेलाडीको खुट्टामा टेक्न पुग्दा नेयमार आफैं घाइते भए। नेयमारको खुट्टामा गम्भीर चोट पुगेको देखिएको छ। नेयमार घाइते हुँदाको दृश्य हेर्दा उनको चोट निक्कै नै गम्भीर हुन सक्ने देखिन्छ।

नेयमार घाइते हुँदाका दृश्यहरु पनि सामाजिक संजालमा देखिएका छन्। सार्वजनिक भएका भिडियोहरुमा नेयमारको खुट्टा फर्किएको स्पष्ट देखिएको छ। खुट्टा फर्किएर घाइते भएका नेयमारलाई स्ट्रेचरमा राखेर लगिएको थियो।

नेयमारको चोट कति गम्भीर छ भन्ने बारे स्पष्ट जानकारी भने प्राप्त भैसकेको छैन। नयाँ सिजन शुरु भएपछि केहि खेल गुमाइसकेका उनले आउने धेरै खेल गुमाउन सक्ने देखिन्छ।

बलियो भएर फर्किने प्रण

घाइते भएका नेयमारले बलियो भएर फर्किने बताएका छन्। खेल लगतै सामाजिक संजाल मार्फत बलियो भएर फर्किने बताएका हुन्। सामाजिक संजालमा नेयमारले चोट खेलाडीको जीवनको हिस्सा हुने मात्रै बताएका छैनन्, पुनः फेरी टाउको उठाएर अगाडी बढ्ने पनि बताएका छन्।

“दुर्भाग्यवश यी अवरोधहरू एक खेलाडीको जीवनका अंशहरु हुन्। म अझ राम्रो र बलियो भएर फर्किने छु।”,घाइते भएका नेयमारले सामाजिक संजालमा लेखेका छन्।

https://twitter.com/SportySuz21/status/1464963662754598920

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८२१:०२

चेल्सी विरुद्धको खेलमा रोनाल्डो बेन्चमा !