चेल्सी विरुद्धको खेलमा रोनाल्डो बेन्चमा !

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा रहेको चेल्सीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दा क्रिस्टियानो रोनाल्डो शुरुवाती ११ मा पर्न असफल भएका छन्। रोनाल्डो अन्तरिम प्रशिक्षक माइकल क्यारिकको पहिलो रोजाईमा रोनाल्डो पर्न असफल भएका हुन्।

शुरुवाती ११ मा नभई वैकल्पिक खेलाडीको रुपमा रोनाल्डोलाई युनाइटेडको स्क्वाडमा समावेश गरिएको छ। जारी सिजनमा युनाइटेडको प्रमुख खेलाडी को रुपमा रहेका रोनाल्डो चेल्सी जस्तो टीम विरुद्ध शुरुवाती ११ मा नपर्नुलाई महत्वका साथ हेरिएको छ।

युभेन्टसबाट यसै सिजन युनाइटेड एक रोनाल्डो लगातार शुरुवाती ११ मा पर्दै आएका थिए। पछिल्लो पटक उनी अक्टोबरमा एभर्टन विरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका थिए।

अन्तरिम प्रशिक्षक माइकल क्यारिकले ब्रुनो फर्नान्डेस, मार्कस रासफोर्ड र जाडोन सान्चोलाई आक्रमणको जिम्मेवारी दिएका छन्। उनले एलेक्स टेल्लेस र नेमान्जा म्याटिकलाई पनि शुरुवाती ११ मा समावेश गरेका छन्।

त्यस्तै भान डे बिक भने शुरुवाती ११ मा पर्न सकेनन्। च्याम्पियन्स लिगको खेलमा भिल्लारियल विरुद्ध शुरुवाती ११ मा परेका उनी आजको खेलमा वैकल्पिक खेलाडीको रुपमा रहनेछन्।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८२२:०३

राङनिक आउने बितिकै युनाइटेडमा उथलपुथल हुने, दुई खेलाडी भविष्य धरापमा !