एजेन्सी – फिलिपे काउटिन्हो बार्सिलोना गएयता संघर्षरत छन्। प्रिमियर लिग क्लब लिभरपुलमा हुँदा उनले जुन स्तरको खेल प्रदर्शन गरिरहेका थिए, त्यसलाई उनले बार्सिलोनामा निरन्तरता दिन सकेनन्।
लिभरपुलमा हुँदा तहल्का नै मच्चाएका उनी पछिल्लो समय बार्सिलोनाको प्रमुख टोलीमा कम मौका पाउँदै आएका छन्। पछिल्ला केहि खेलहरुमा उनले मौका पाइरहेको भएपनि उनी बार्सिलोनाको दिर्घकालिन योजनामा हुने कमै सम्भावना देखिन्छ। लिभरपुलमा हुँदा तहल्का नै मच्चाएका उनी पछिल्लो समय बार्सिलोनाको प्रमुख टोलीमा कम मौका पाउँदै आएका छन्।
बार्सिलोनाको दिर्घकालिन योजनामा नपर्ने भएसँगै काउटिन्हो बार्सिलोना छाड्ने मनस्थितिमा छन्। स्पेनिस मिडिया मार्काका अनुसार काउटिन्हो बार्सिलोना छाड्ने तयारीमा छन्। त्यसको लागि उनले नयाँ क्लबको खोजिमा रहेका छन्। मार्का दावी गर्छकी काउटिन्हो लालिगा छाडेर प्रिमियर लिग फर्किन चाहिरहेका छन्।
न्युक्यासलको चासो
केहि समय अगाडी मात्रै साउदी अरबको सार्वभौम कोषको लगानी भित्र्याएको प्रिमियर लिग क्लबको काउटिन्हो माथि चासो छ। लालिगामा खासै जम्न नसकिरहेका काउटिन्होलाई भित्र्याएर क्लबलाई रेलिगेसनबाट बचाउने क्लबको योजना रहेको छ। हाल प्रिमियर लिगको पुच्छरमा रहेको न्युक्यासलले विभिन्न खेलाडीहरुलाई आउने ट्रान्सफर विन्डोले भित्र्याउने तयारी रहेको र त्यसमा काउटिन्हो पनि रहेका छन्।
बताएअनुसार काउटिन्हो पनि प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड जान तयार छन्। क्याटालान क्लबसँगको आफ्नो कार्यकाल समाप्त हुँदैछ भनेर स्वीकार गरिसकेको र उनी प्रिमियर लिग फर्किन चाहेको बताइन्छ। जनवरी ट्रान्सफर विन्डोमै काउटिन्होको ट्रान्सफर हुन सक्नेछ।

