जब कुनै बेला प्रतिद्वन्दी रहेका मेस्सी र रामोस एकै टीमबाट मैदानमा उत्रिए …

एजेन्सी – सर्जियो रामोस र लियोनेल मेस्सीले स्पेनिस लालिगामा धेरै वर्ष एक-अर्का विरुद्ध खेले। मेस्सी बार्सिलोनाका कप्तान थिए भने रामोस रियल म्याड्रिड को। लालिगामा हुँदै यी दुई बीच तिब्र प्रतिष्पर्धा थियो।

दुईले एक दशक भन्दा बढी समय एक अर्कालाई कडा टक्कर दिएका थिए। दुवै एल क्लासिकोमा सबै भन्दा धेरै पटक देखा पर्ने खेलाडी हुन्। दुवैले एक अर्का विरुद्ध कयौं पटक खेलेका छन्। कयौं पटक दुवै आमनेसामने भएका छन्। तर अहिले परिस्थिति फेरिएको छ। मेस्सी र रामोस दुवै अहिले एकै टीममा छन्।

मेस्सी र रामोस दुवै यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका हुन्। आइतबार मेस्सी र रामोसले करियरमा पहिलो पटक ‘पिच शेयर’ गरे। फ्रेन्च लिग वान अन्तर्गत सेन्ट इटिएन विरुद्धको खेलमा मेस्सी र रामोस एक साथ मैदानमा उत्रिएका हुन्।

क्लबमा आबद्ध भएपनि चोटका कारण मैदान बाहिर रहेका रामोसले पिएसजीमा डेब्युको लागि लामो प्रतिक्षा गर्नुपर्यो। मेस्सी र रामोस एक साथ मैदानमा उत्रँदा पिएसजी विजयी भयो। सेन्ट इटिएन विरुद्धको खेलमा मेस्सीले असिस्टमा ह्याट्रिक गरे। त्यस्ता रामोसले पनि डेब्यु खेलमा राम्रो प्रदर्शन गरे।

जहिले पनि मेस्सी विरुद्ध डिफेन्समा उत्रँदै आएका रामोसले मेस्सीलाई नै डिफेन्ड गरे। पिएसजीले सेन्ट इटिएन विरुद्ध ३-१ को जित निकाल्दा रामोसले धेरै राम्रो प्रदर्शन गरे। झन्डै ६ महिना पछि मैदानमा उत्रिए पनि रामोसले डिफेन्समा आफ्नो कला देखाए।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१०:२१

कस्तो रह्यो रामोसको डेब्यु ? हेर्नुहोस् भिडियो सहित !