एजेन्सी – यसै सिजन रियल म्याड्रिडबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका सर्जियो रामोसले पिएसजीका लागि डेब्यु गरेका छन्। पिएसजी पुगेको साढे ४ महिना भन्दा बढी समय पछि रामोसले डेब्यु गरेका हुन्।
गएको कयौं महिना देखि पिएसजीको टोलीमा पर्न संघर्षरत उनी अन्ततः आइतबार लिग वान अन्तर्गत सेन्ट इटिएनविरुद्धको खेलमा पिएसजीको पहिलो रोजाईमा पर्न सफल भए।
रामोस गत जुलाई महिनामा पिएसजीसंग सम्झौता गरेका थिए। रियल म्याड्रिडबाट फ्री ट्रान्सफरमा पिएसजी पुगेका उनलाई शरीरले साथ दिरहेको थिएन। लगातार घाइते हुँदा उनी पिएसजीको स्क्वाड बाहिर रहँदै आएका थिए। नयाँ सिजन शुरु भएयता पिएसजीले सबै प्रतियोगितालाई जोड्दा २० खेल खेलिसकेको छ।
महिनौं अगाडी क्लबमा आबद्ध भएपनि चोटका कारण मैदान बाहिर रहेका रामोसले पिएसजीमा डेब्युको लागि लामो प्रतिक्षा गर्नुपर्यो। पिएसजीका लागि डेब्यु गर्दा रामोसले रामोसले राम्रो प्रदर्शन गरे। झन्डै ६ महिना पछि मैदानमा उत्रिए पनि रामोसले डिफेन्समा आफ्नो कला देखाए।
रामोसले खेलका दौरान केहि राम्रा ट्याकल पनि गरे। डेब्यु खेलमा रामोसले गरेको प्रदर्शनलाई नराम्रो भन्न सकिँदैन। ६ महिना पछि मैदानमा फर्किँदा पनि रामोस विश्वस्त देखिन्थे।
Sergio Ramos vs Saint-Etienne pic.twitter.com/l9c0UZ20af
— PSG Comps (@CompsPSG) November 28, 2021

