यी ४ दिग्गज जसलाई लाग्छ आज रोनाल्डोले नै बालोन डी’ ओर जित्नुपर्छ !

पाँच पटकको बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डो प्रतिष्ठित अवार्डको २०२१ संस्करणका लागि मनोनयनमा रहेका ३० खेलाडी मध्ये एक हुन्। यस वर्ष रोनाल्डोले क्लब र राष्ट्रका लागि ४३ गोल गरेका छन्।

गत सिजन सरी-ए का उच्च गोलकर्ताका रूपमा सिजनको समाप्ति गरेका रोनाल्डोले युभेन्टसलाई लिगको चौंथो स्थान भन्दा माथि भने लग्न सकेनन्। तर, रोनाल्डोले बियानकोनेरीसँग कोपा इटालियाको उपाधि जितेका थिए । त्यस्तै, यसै समरमा उनले युरो २०२० मा पाँच गोल र एक असिस्ट गरी गोल्डेन बुट जितेका थिए। तर, पोर्चुगल राउन्ड अफ १६ बाट नै बाहिरिएको थियो ।

१२ वर्ष पछि यसै सिजन म्यानचेस्टर फर्किएका रोनाल्डोले हालसम्म युनाइटेडका लागि १० गोल गरिसकेका छन्। उनी यस अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने पुरुष खेलाडी पनि बने। उनको कारनामालाई ध्यानमा राख्दै, केहि उल्लेखनीय नामहरूले भनेका छन् कि रोनाल्डोले यो वर्ष कीर्तिमानी छैटौं बालोन डी’ओर अवार्ड जित्न सक्छन्। यद्यपि, वर्षको दौडान प्रमुख उपाधिको अभावको मतलब उनले सोमबार प्रतिष्ठित पुरस्कार जित्ने सम्भावना छैन।

तर पनि रोनाल्डो २०२१ को बालोन डी’ओर अवार्ड जित्न योग्य रहेको बताउने चार प्रमुख नामहरू यहाँ हेर्नुहोस्:

४. लुइस फिगो (२००० बालोन डी ओर विजेता)

३. फिनीदी जोर्जे (आज्याक्स दिग्गज)

२. जोर्जे मेन्डेस (रोनाल्डोका एजेन्ट)

१. सर एलेक्स फर्गुसन (रोनाल्डोका पूर्व प्रशिक्षक)

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१२:१३

आज मेस्सीले ब्यालोन डी ओर जिते यी सुपरमोडेल नाङ्गो भएर पेरिसमा फोटोशुट गर्ने !