रोय केनले चेल्सीसँग म्यानचेस्टर युनाइटेडको १-१ को बराबरीमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने माइकल क्यारिकको निर्णयको आलोचना गरेका छन्। पोर्चुगिज सुपरस्टारले बेन्चबाट खेल सुरु गर्दै खेलको ६४ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
खेल पछि म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान रोय केनलाई म्यानचेस्टर युनाइटेडको लागि क्रिस्टियानो रोनाल्डोकोलाई बेन्चमा राख्ने निर्णय बारेमा आफ्नो विचार दिन आग्रह गरिएको थियो। जसको उत्तर दिँदै उनले भने,”उनलाई खेलाउनुहोस्….. तपाईंले यो गर्नै पर्छ। रोनाल्डो बेच्नमा खेल सुरु गर्ने खेलाडी हैनन्। रोनाल्डो म्यानचेस्टर युनाइटेडमा बेन्चमा बस्न फर्किएका हैनन्। उनी विश्वस्तरका खेलाडी हुन् । उनी क्लबमा फर्किएदेखि उनको तथ्याङ्क ठीक छ – उसले केही गोल र केही असिस्ट दिएका छन्। उनले विपक्षी खेलाडीलाई बल खोस्न दबाब दिन्छन् भन्ने योजना हो ? उनले त्यो गर्दैनन्। कहिलेकाहीँ तपाईले सुपरस्टारको वरिपरि काम गर्नुपर्छ। मैले पनि यस्ता खेलाडीहरुसँग खेलेको छु। तर तपाईंले उनीहरुले यसलाई माफ गर्नुपर्छ किनकि उनीहरुले विजयी गोल गर्छन्।”
उनले थपे,”रोनाल्डो प्रारम्भिक ११ मा हुनुपर्छ। रोनाल्डोलाई आराम दिने बिचार ? भिल्लारियल विरुद्ध खेलाडी धेरै थाकेका थिएनन् र अब बिहिबारसम्म उनीहरुको खेल छैन। उनले आज सजिलै खेल्न सक्थे।”
म्यानचेस्टर युनाइटेडको युइएफए च्याम्पियन्स लिगमा भिल्लारियल विरुद्धको २-० को जितमा रोनाल्डोले गोल गरेका थिए। यसै सिजन म्यानचेस्टर फर्किएका रोनाल्डोले क्लबमा आगमन भएदेखि एक लिग खेल र एक च्याम्पियन्स लिग खेल बाहेक हरेक खेलमा सुरुवात गरेका छन्।