क्लब र देशका लागि उत्कृष्ट प्रदर्शनपछि लियोनल मेस्सीलाई यस वर्षको ब्यालोन डी’ओर अवार्ड जित्न प्रमुख दाबेदार रहेका छन्। तर स्वयम् लियोनल मेस्सी भने कीर्तिमानी सातौँ ब्यालोन डी ओर जित्न निकै नजिक रहेको समयमा पनि त्यस बारे सोचेको जस्तो देखिँदैन।

यसै समरमा मेस्सी ऐतिहासिक सफलता हासिल सफल भए जब उनको कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधिको रूपमा कोपा अमेरिका २०२१ जित्न सफल भयो। लियोनल मेस्सीका अनुसार यो सातौं बालोन डी’ओर जित्नुभन्दा ठूलो उपलब्धि हो।

पेरिस सेन्ट जर्मेनका फरवार्डले भने, “इमानदारीपूर्वक भन्नुपर्दा, म यसबारे ब्यालों डी’ओर २०२१ जित्ने] सोचेको छैन। अर्जेन्टिनासँग कोपा अमेरिका जित्नु मेरो सबैभन्दा ठूलो इनाम हो।”

२०२१ कोपा अमेरिकामा दशकौंसम्म सम्झिने प्रदर्शन गरेका मेस्सी प्रतियोगिताको स्टार खेलाडी रहेका थिए। ३४ वर्षीय खेलाडीले ला अल्बिसेलेस्टेलाई धेरै पटक फाइनलमा चुकेपछि अन्तत: अन्तराष्ट्रिय उपाधि जिताउन सफल भए। र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले यो निकै गज्जबको शैलीमा गरे।

मेस्सी प्रतियोगितामा चार गोलसहित सर्वाधिक गोलकर्ता बन्नुका साथै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी समेत घोषित भए। यसका साथै उनी ५ असिस्टका साथ कोपा अमेरिका २०२१ को उच्च असिस्टकर्ता समेत रहेका थिए।

