ब्यालोन डी ओर अवार्ड समारोहमा रोनाल्डो नजाने, आखिर किन नजाने भए त ?

म्यानचेस्टर युनाइटेड स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सोमबार पेरिसमा हुने ब्यालोन डी ओर समारोहमा उपस्थित नहुने भएका छन्। सोमबार पेरिसमा एक समारोह बीच सन् २०२१ को ब्यालोन डी ओर अवार्ड प्रदान गरिनेछ।

फ्रान्स फुटबलले सार्वजनिक गरेको ३० सदसीय मनोनयन सूचीमा रोनाल्डोको नाम भएपनि उनले कीर्तिमानी बराबरी छैठौं पटक जित्ने सम्भावना निकै कम रहेको बुझिएको छ। यहि नै रोनाल्डोको अनुपस्थितिको प्रमुख कारण मानिएको छ। एल’एकुइपेले सोमबार पेरिसमा हुने अवार्ड समारोहमा रोनाल्डो उपस्थित नहुने पुष्टि गरेको हो। सन् २०२० मा कोरोना महामारीका कारण रद्द भएको ब्यालोन डी ओर अवार्ड यस वर्ष फर्किएको हो।

यस वर्षको प्रतिष्ठित अवार्डका लागि पीएसजी सुपरस्टार लियोनल मेस्सी र बार्यन स्टार रोबर्ट लेवान्डोस्की बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। थुप्रै रिपोर्टहरुलाई मान्ने हो भने सोमबार अर्जेन्टिनी कप्तान मेस्सीले कीर्तिमानी सातौँ पटक ब्यालोन डी ओर उचाल्नेछन्।

ब्यालोन डी ओर २०२१ का लागि मनोनयनमा परेका ३० सदस्यको नाम यस प्रकार छ:-

गोलरक्षक – जियानलुइजी डोन्नररुम्मा (पीएसजी)

डिफेन्डर – लियोनाद्रो बोनुची (युभेन्ट्स), जर्जियो चिलियनी (युभेन्ट्स), सिमोन कायर (एसी मिलान), सिसर एज्पिलिक्वेटा (चेल्सी) र रुवेन डियास (म्यानचेस्टर सिटी)

मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी), मासन माउन्ट (चेल्सी), निकोलो बरेल्ला (इन्टर मिलान), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), पेड्री (बार्सिलोना), लुका मोड्रिच (रियल म्याड्रिड), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), जर्गिन्हो (चेल्सी) र फिल फोडेन (म्यानचेस्टर सिटी)

फरवार्ड – रियाद महारेज (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड), ह्यारी केन (टोटेनहम), करिम बेन्जेमा (रियल म्याड्रिड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), लियोनेल मेस्सी (पीएसजी), नेयमार (पीएसजी), लोउटारो मार्टिनेज (इन्टर मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), मोहम्मद सलाह (लिभरपुल), रोमेलु लुकाकु (चेल्सी), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पीएसजी), जेरार्ड मोरेनो (भिल्लारियल) र लुइस सुआरेज (एट्लेटिको म्याड्रिड)

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१६:५७

अकडू रोनाल्डोले चेल्सीका खेलाडीलाई बाल नदिई गए ड्रेसिङ रूम तिर [भिडियो सहित]