अकडू रोनाल्डोले चेल्सीका खेलाडीलाई बाल नदिई गए ड्रेसिङ रूम तिर [भिडियो सहित]

स्ट्यामफोर्ड ब्रिजमा म्यानचेस्टर युनाइटेडको बराबरीपछि क्रिस्टियानो रोनाल्डो सिधै ड्रेसिङ रूम तर्फ टनेलमा ओर्लिए र चेल्सीका खेलाडीहरूसँग हात मिलाउन समेत जरूरी ठानेनन्। रोनाल्डोले चेल्सी विरुद्धको खेलमा बेन्चमा रहेर सुरुवात गरे र ६४ औं मिनेटमा जेडन सान्चोको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलमा युनाइटेडलाई १-० को अग्रता दिने जेडन सान्चोको स्थानमा आएका रोनाल्डोले खेलमा खासै प्रभाव भने पार्न सकेनन्। र खेल सकिएपछि रोनाल्डो भावनामा बगेर चेल्सीका खेलाडीहरूसँग हात नमिलाई सिधै सुरुङबाट ओर्लिएका थिए। डेली मेलका अनुसार उनले म्यान युनाइटेडका फ्यानहरूलाई पनि बेवास्ता गरे र चेल्सीसँग १-१ गोलको बराबरी खेलेपछि निराश भएर सिधै ड्रेसिङ रुममा फर्किए।

रोनाल्डोले गत महिना एभर्टनसँग घरेलु मैदानमा अंक बाढ्न बाध्य हुँदा यस्तै गरेका थिए। ओल्ड ट्राफोर्डमा फर्किएदेखि ३६ वर्षिय खेलाडीले लिगमा चार गोल गरिसकेका छन्। तर क्यारिकले चेल्सी विरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरे र उनले यसबारे व्याख्या पनि गरेका थिए। यसबारे उनले भने “केही ट्वीकहरू र भिल्लारियल विरुद्धको खेलको रातबाट परिवर्तनहरू, चीजहरू अलिकति परिवर्तन गर्न,” उनले स्काई स्पोर्ट्सलाई भने, “क्रिस्टियानो सायद हाम्रो स्ट्यान्डआउट नाम हो, तर यो केवल खेल-योजनाका लागि हो। मैले वास्तवमा क्रिस्टियानोसँग राम्रो कुराकानी गरेँ, उनी महान छन् र हामीले आज त्यसरी जाने निर्णय गरेका छौं। साँच्चै खेलको बारेमा विचार गर्दै छौं।”

म्यानचेस्टर युनाइटेडले अब अर्को खेल बिहिबार आर्सनलसँग घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा खेल्नेछ। के रोनाल्डोले उक्त खेलमा सुरुवाती ११ मा स्थान पाउलान् ?

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१७:३४

राल्फ राङनिक युनाइटेडको अन्तरिम प्रशिक्षक नियुक्त !