राल्फ राङनिक युनाइटेडको अन्तरिम प्रशिक्षक नियुक्त !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ। युनाइटेडले सोमबार अन्तरिम प्रशिक्षकमा राङनिकलाई नियुक्त गरेको हो।

गएको केहि दिन देखि राङनिक युनाइटेडको नयाँ प्रशिक्षकमा नियुक्त हुन चर्चा चलिरहेको थियो। धेरै संचार माध्यमहरुले दुई पक्ष सम्झौताका लागि तयार रहेको समेत दावी गरेका छन्। सोमबार आएर ती सम्पूर्ण खबरहरु सत्य रहेको पुष्टि भएको छ।

युनाइटेडले आधिकारिक विज्ञप्ति नै निकालेर राङनिक क्लबको अन्तरिम प्रशिक्षक नियुक्त भएको बारेमा जानकारी गराएको छ। युनाइटेडका अनुसार राङनिक यस सिजनको अन्त्य सम्म क्लबको अन्तरिक प्रशिक्षक रहनेछन्। सबै राम्रै गएको खण्डमा सिजनको अन्त्य भएपछि दुई वर्ष सम्झौता थप गरिनेपनि युनाइटेडले जनाएको छ।

“म्यानचेस्टर युनाइटेड राल्फ राङनिकलाई यस सिजनको अन्त्य सम्मका लागि अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गर्न पाउँदा अत्यन्त खुशी छ। यस अवधि पछि, थप दुई वर्षको लागि सल्लाहकारको भूमिकामा रहनेछन्।”,युनाइटेडले आधिकारी विज्ञप्तिमा भनेको छ।

केहि समय अगाडी मात्रै युनाइटेडले ओले गुन्नार सोल्साएरलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो। जसपश्चात युनाइटेडलाई अन्तरिम प्रशिक्षक माइकल क्यारिकले सम्हालिरहेका थिए।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१९:४९

नेयमार दुई महिना ‘आउट’