लियोनेल मेस्सी सन् २०२१ को बालोन डी’ओर अवार्ड समारोहमा १९ वर्षीय पेड्रीले कोपा ट्रफी जितेको देखेर गर्व महशुस गरेका बुबा जस्तै थिए। पेद्रीले जुड बेलिङ्घम र मेसन ग्रिनवुड जस्ता खेलाडीहरूलाई हराएर बार्सिलोनामा उत्कृष्ट सफलता हासिल गरेपछि उत्कृष्ट युवा खेलाडीको ताज प्राप्त गर्न सफल भए।
स्पेनिस मिडफिल्डरले बार्सिलोनामा आफ्नो पहिलो सिजनमा ५२ खेल खेले र मेस्सीसँगै उनी टोलीका उत्कृष्ट प्रदर्शनकर्तामध्ये एक थिए। त्यसपछि उनी युरो २०२० मा स्पेनको सेमिफाइनलमा पुग्ने क्रममा निकै उत्कृष्ट प्रदर्शन गरे। र ओलम्पिक फुटबल प्रतियोगितामा ला रोजाको प्रतिनिधित्व गर्दै उनीले गत सिजन कुल ७३ खेल खेलेका थिए।
मेस्सीले बार्सिलोनामा आफ्नो अन्तिम सिजनको दौडान पूर्व लास पाल्मास युवा खेलाडीलाई आफ्नो अन्डरमा लिए र पेड्रिले पनि आफ्नो जीत भाषणमा मेस्सीलाई धन्यवाद दिएका थिए।
Pedri won!! Look at Leo Messi’s smile 😊 pic.twitter.com/Xd0hJyG1rg
— MsBarca (@MzBarca1) November 29, 2021
पेड्रिलाई योग्य कोपा ट्रफी पाएको देखेर मेस्सी एकदमै खुसी हुँदै उनको अनुहारमा मीठो मुस्कान रहेको थियो। उक्त समारोहमा मेस्सीले आफ्नो सातौँ ब्यालोन डी ओर सेमत जिते।