यस्तो छ ब्यालोन डी ओर को पूरा भोटिङ: रोनाल्डो टप ५ मा पनि परेनन्, नेयमार १५ औं मा !

लियोनल मेस्सीले सन् २०२१ मा विश्वकै उत्कृष्ट फुटबलर घोषित हुँदै सातौं बालोन डी’ओर ताज जितेका छन्। ३४ वर्षीय अर्जेन्टिनी सुपरस्टार खेलाडीले २०२१ मा ४० गोल गर्नुका साथै १४ असिस्ट प्रदान गरेका थिए।

यी गोल र असिस्टको मद्दतमा मेस्सी कै कप्तानीमा बार्सिलोना र अर्जेन्टिनाले क्रमश: कोपा डेल रे र कोपा अमेरिका उपाधि जित्न सफल भयो। सातौं ब्यालोन डी’ओर ३४ वर्षीय स्टारको लागि एक मात्र इनाम हो, जसले च्याम्पियन्स लिगको नकआउट चरणमा पीएसजीको स्थान सुरक्षित गर्न मद्दत गर्न तीन गोल पनि गरेका छन्।

त्यस्तै, महिना तर्फको ब्यालोन डी ओर अवार्ड भने बार्सिलोनाकि एलेक्सा पुटेलास घोषित हुँदा उत्कृष्ट युवा खेलाडी (कोपा ट्रफी) बार्सिलोना कै युवा स्टार पेड्रीले जित्न सफल भए। त्यस्तै, वर्ष कै उत्कृष्ट गोलकिपरलाई दिइने यासिन ट्रफी इटाली तथा पीएसजी स्टार जियानलुइजी डोनारुमाले हात पार्दा उत्कृष्ट स्ट्राइकरको अवार्ड रोबर्ट लेवान्डोस्की र उत्कृष्ट क्लबको उपाधि चेल्सीले हात पार्यो।

यस प्रकार रहेको छ ब्यालोन डी ओर अवार्डको पूरा सूची:- 

१. लियोनल मेस्सी

२. रोबर्ट लेवान्डोस्की

३. जोर्जिन्हो

४. करिम बेन्जेमा

५. एन्गोलो कान्ते

६. क्रिस्टियानो रोनाल्डो

७. मोहम्मद सलाह

८. केभिन डी ब्रुएन

९. किलियन एम्बाप्पे

१०. जियानलुइजी डोनारुमा

११. एर्लिंग हालाण्ड

१२. रोमेलु लुकाकु

१३. जर्जिनो किएलिनी

१४. लियोनार्दो बोनुसी

१५. रहिम स्टर्लिंग

१६.  नेयमार

१७. लुइस सुवारेज

१८. सिमोन कजायर

१९. मेसन माउन्ट

२०. रियाद महारेज

२१. ब्रुनो फर्नान्डेज र लाउतारो मार्टिनेज

२३. ह्यारी केन

२४.  पेड्री

२५.  फिल फोडेन

२६.  निको बरेला, रुबेन डियास र जेरार्ड मोरेनो

२९.  सेजर अल्पिलीकुएटा र लुका मोड्रिक

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१४:१९

“मेस्सीले ब्यालोन डी ओर जित्नै हुँदैन थियो, उनी भन्दा तीन उत्कृष्ट खेलाडी भन्दिन्छु”