सन् २०२२ मा यी राशिमा रहनेछ शनिको विशेष कृपा, वर्षौपछि मिल्नेछ साढे सातको दशाबाट मुक्ति !

शनिको नाम आउने बितिक्कै मान्छेहरुमा डरको भाव देख्न सक्छौँ। ज्योतिषमा शनिदेवलाई मारक ग्रह मानिन्छ।  शनि सबै ग्रहमा सबैभन्दा  ढिलो छाल परिवर्तन गर्ने ग्रह हो। शनि एक राशिबाट दोस्रो राशिमा जान करिब साढे दुई वर्ष लगाउँछ। शनिको साढेसातीले मान्छेहरुलाई निकै प्रभाव पर्छ। जसलाई शनिको साढे  सातको दशा लाग्छ उनीहरु थुप्रै समस्याको समाधान गर्नुपर्ने हुन्छ। ति व्यक्तिले आर्थिक,मानसिक, मान-सम्मानमा  गिरावट र असफलता मिल्न लाग्छ। यधपी जुन व्यक्तिको कुण्डलीमा धनीको शुभ भाव रहन्छ उनीहरुमा शनिको साढे साती रहेपनि शनिको साढे साती शुभ रहन्छ।

कस्तो रहनेछ तपाईको लागि २०२२ ?

शनिले कुनै पानि राशिमा दोस्रो पटक आउन लगभग ३० वर्ष लगाउँछ। किनकि शनि एक राशिमा साढे दुई वर्षसम्म रहन्छन्।  यसकारण १२ राशिमा चक्कर लगाएपछि फेरी त्यही राशिमा पुग्न ३० वर्ष लगाउँछ। जब शनिको राशी परिवर्तन हुन्छ तब कुनै अर्को राशिमा शनिको साढेसाती सुरु हुन्छ। त्यस्तै कुनै राशिले यसबाट मुक्ति पाउछ भने शनि २०२० देखि मकर राशिमा छ। यो वर्ष शनिले छाल परिवर्तन गर्नेछ। शनिदेव २९ अप्रिल २०२२ मा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ।  शनिको कुम्भ राशिमा परिवर्तनले केहि राशिमा समस्या हुनेछ भने केहि राशिलाई राहत मिल्नेछ।

शनिदेव यस समय मकर राशिमा छन् , यस्तैमा धनु,मकर र कुम्भ राशिमा शनिको साढे साती चलिरहेको छ। यस राशिबाट  शनिको  अर्को वर्ष २०२२ मा राशि परिवर्तनबाट प्रभाव हट्नेछ। जब शनिको राशि परिवर्तन हुन्छ तब तीन राशिमा शनिको अलग-अलग चरण सुरु हुन्छ। पहिलो चरण उदय चरण हुन्छ भने दोस्रो चरण शिखर र तेस्रो चरण अस्त चरण हुन्छ।

२०२२ मा साढे सातीबाट कुन राशिलाई राहत मिल्नेछ ?

शनि २०२२ सालमा राशि परिवर्तन गर्नेछ।  यसमा धनु राशिको चलिरहेको साढे साती अन्तिम चरण खतम हुनेछ र यसबाट मुक्ती मिल्नेछ। २९ अप्रिल २०२२ मा शनि कुम्भ राशिमा जानेछ जसकारण मीन राशिमा शनिको साढे साती पहिलो चरणमा आरम्भ हुनेछ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१४:२४

२०२२ मा राहुले चाल परिवर्तन गर्दा यी ६ राशिको जीवनमा उथल-पुथल ,कुन-कुन ?