रोबर्ट लेवान्डोस्की, करिम बेन्जेमा र जोर्गिन्हो जस्ता खेलाडीलाई पछि पार्दै लियोनल मेस्सीले सोमबार राति आफ्नो सातौं बालोन डी’ओर अवार्ड जित्न सफल भए। पूर्व बार्सिलोना र पीएसजी सुपरस्टार रोनाल्डिन्होले आफ्ना पूर्व टिममेट मेस्सीको विजय बारे प्रतिक्रिया दिएका छन्।
ब्राजिलियनले २०२१ ब्यालोन डी’ओर अवार्ड जितेकोमा लियोनेल मेस्सीलाई बधाई दिन सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पूर्व बार्सिलोना सुपरस्टार हरेक तरिकाले यस वर्षको ब्यालोन डी ओर जित्न योग्य रहेको बताएका छन्। रोनाल्डिन्होले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा लेखेका छन्, “बधाई छ लियो मेस्सी !!! तपाईंलाई अर्को गोल्डेन बलको साथ देख्न पाउँदा ठूलो खुशी लागेको छ। तपाईं आफ्नो जीवनमा पाएको सबै कुराको लागि धेरै योग्य हुनुहुन्छ….”
२०२१ ब्यालोन डी’ओर दौड हामीले हालैका वर्षहरूमा देखेका सबैभन्दा प्रतिस्पर्धात्मक मध्ये एक थियो। लियोनेल मेस्सीले विश्वकै उत्कृष्ट खेलाडी बन्नका लागि केही कडा प्रतिद्वन्द्वीलाई हराउनु परेको थियो। बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले अर्जेन्टिनी स्टारलाई उक्त पुरस्कारको लागि आफ्नो कडा टक्कर दिएका थिए। पोल्याण्डका फरवार्ड सबै प्रतियोगिताहरूमा बार्यनका लागि ४८ गोल र नौ असिस्ट गरेपछि सूचीमा दोस्रो स्थानमा रहे।
इटाली र चेल्सीका लागि उत्कृष्ट सिजन बिताएका मिडफिल्डर जोर्गिन्हो वरियतामा तेस्रो भए। २९ वर्षिय खेलाडीले चेल्सीसँग च्याम्पियन्स लिग र युइएफए सुपर कप जितेका थिए भने इटालीसँग युरो २०२० को उपाधि जित्न सफल भएका थिए।