एजेन्सी – एक फुटबल विज्ञ समेत रहेका ब्ल्याकबर्न रोभर्सका पूर्व स्ट्राइकर क्रिस सटनले उपाधि दौडबाट बाहिरिसकेको म्यानचेस्टर युनाइटेड शिर्ष चार भित्र अटाउने विश्वास व्यक्त गरेका छन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा सटनले आउने समयमा युनाइटेडले सन्तुलित प्रदर्शन गर्न सकेको खण्डमा युनाइटेड शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुन सक्ने बताएका हुन्। राल्फ राङनिक अन्तरिक प्रशिक्षकको रुपमा नियुक्त भएका कारण युनाइटेड शिर्ष चारमा पर्न सक्ने आशा गर्न सकिने सटनको भनाई छ।
“राल्फ राङनिक सुपर-प्रबन्धक, खेलको एक दूरदर्शी हुन्। यो सँग-सँगै उनी गडफादर अफ गेगेनप्रेस पनि हुन्। उनी आउने भएसँगै युनाइटेडले आर्सनल र वेस्ट ह्यामलाई पछि परेर च्याम्पियन्स लिग खेल्नेछ।”,सटनले भने।
प्रिमियर लिगको शिर्ष चार बारे चर्चा गरिरहँदा सटनले चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुललाई घोडाको संज्ञा दिँदा युनाइटेडलाई गधाको संज्ञा दिए। उनले भने,”प्रिमियर लिगमा तीन घोडा छन् – चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल। अहिलेको अवस्थामा युनाइटेड गधा जस्तै छ। तर मलाई लाग्छ कि युनाइटेड चौथो स्थानमा हुनेछ।”
राल्फ राङनिकको आगमन युनाइटेडका लागि वरदान सावित हुनेमा सटन विश्वस्त छन्। तैपनि शिर्ष चारक लागि आर्सनलबाट कडा टक्कर मिलन सक्ने उनको भनाई छ। कुनै पनि युरोपियन प्रतियोगितामा नरहेकाले आर्सनललाई फाइदा पुग्न सक्ने उनले बताए।
“यस सिजन आर्सनल युरोपियन प्रतियोगिताहरुमा छैन। यो उनीहरुका लागि फाइदाजनक सावित हुन सक्छ। साथै उनीहरु आर्सेन वेङ्गरलाई क्लबमा फर्काउने तरखरमा पनि छन्। जे होस्, उनीहरुले शिर्ष चारका लागि कडा टक्कर दिनेछन्।

