ओलीलाई भट्टराईले दिए बधाई, सँगै गरे सद्बुद्धि प्राप्त होस् भन्ने कामना !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। चितवनमा मंगलबार सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट पुनः एमालेको अध्यक्षमा निर्वाचित भएका ओलीलाई भट्टराईले सामाजिक संजाल मार्फत बधाई दिएका हुन्।

मंगलबार सांझा ट्वीट गर्दै भट्टराईले ओली र उनको टीमलाई बधाई दिएका छन्। भट्टराईले ट्वीट गर्दै लेखेका छन्,”नेकपा एमाले महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई”

साथै भट्टराईले विगतका गलत विचार र कामबाट पाठ सिक्न नवनिर्वाचित एमाले अध्यक्ष एवं कमिटीलाई नै सुझाव पनि दिएका छन्। ओली र उनको टीमलाई सद्बुद्धि प्राप्त होस् भन्ने भट्टराईको कामना छ।

भट्टराईले लेखेका छन्,”विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!”

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८२१:०३

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’