मेस्सीले आठौँ पटक बालोन डी’ओर जित्नेमा पोचेटिनो ढुक्क, यसो भने !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोले लियोनेल मेस्सी आठौँ बालोन डी’ओर सम्म पुग्नेमा आशावादी देखिएका छन्। मेस्सीले सातौं बालोन डी’ओर जितेपछि प्रतिक्रिया जनाउनेक्रममा पोचेटिनोले आठौँ बालोन डी’ओर जित्ने मेस्सीको अभियान शुरु भइसकेको बताएका हुन्।

फ्रेन्च लिग वानमा निसको सामना गर्नु अगाडी पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा पोचेटिनोले सात पटक बालोन डी’ओर जितिसकेका मेस्सीको आठौँ पटक यो अवार्ड जित्ने अभियान शुरु भइसकेको बताए।

“सात बालोन डी’ओर जित्नु एक असाधारण उपलब्धि हो। मलाई आशा छ कि उनले यसको फाइदा लिनेछन्। नीस विरुद्धको खेल मेस्सीका लागि आठौँ बालोन डी’ओर जित्ने अभियानको शुरुवात हुनेछ।”,पोचेटिनोले भने।

सात पटक बालोन डी’ओर जितिसकेका खेलाडी आफ्नो टीममा हुनु असाधारण कुरा रहेको पनि पोचेटिनोले बताए। व्यक्तिगत उपाधिका अलावा समूहिक रुपमा ट्रफीहरू आशा पनि पोचेटिनोले व्यक्त गरे।

उनले भने,”छ-सात बालोन डी’ओर भएका खेलाडी टीममा हुनु असाधारण कुरा हो। हामी सिजनको अन्त्य सम्ममा व्यक्तिगत ट्रफीहरूका अलावा सामूहिक ट्रफी पनि जित्ने आशा पनि गर्छौं।”

त्यस्तै पोचेटिनोले मेस्सी बालोन डी’ओरको पूर्व हकदार भएको बताए। सँगै पोचेटिनोले मेस्सीलाई बधाई समेत दिए। मेस्सी निसन्देह बालोन डी’ओरका लागि योग्य रहेको पोचेटिनोको भनाई छ।

“सबै भन्दा पहिला त म उनलाई बधाई दिन्छु, सँगै उनको परिवारलाई पनि। लियो पूर्वरुपमा बालोन डी’ओरको हकदार थिए। यसमा कुनै सन्देह नै छैन। “,पत्रकारहरु सामू पोचेटिनोले भने।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८२२:१५

दर्शकविना बायर्न विरुद्ध बार्सिलोनाको परीक्षा !