एजेन्सी – रियल म्याड्रिडका भेट्रान मिडफिल्डर टोनी क्रुसले बालोन डी’ओरका लागि लियोनेल मेस्सी भन्दा क्रिस्टियानो रोनाल्डो बढी हकदार रहेको बताएका छन्। आफ्नो आधिकारिक पोडकास्टमा धारणा राख्ने क्रममा क्रुसले बालोन डी’ओर दौडमा मेस्सी भन्दा रोनाल्डो अगाडी रहेको बताएका हुन्।
क्रुसलाई बालोन डी’ओर जित्ने मामलामा मेस्सी भन्दा अन्य खेलाडी अगाडी थिए भन्ने लाग्छ। उनले मेस्सी बालोन डी’ओरको वास्तविक हकदार नभएको बताए। उनका लागि मेस्सी बालोन डी’ओरका लागि गरिएको मतदानमा अन्य खेलाडी भन्दा पछि पर्नुपर्थ्यो।
गएको कयौं वर्ष देखि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडीको रुपमा रहेपनि यस वर्ष दुवैलाई अरु खेलाडीहरुले उछिनेको क्रुसको भनाई छ।
“यसमा कुनै शङ्का छैन कि मेस्सी, क्रिस्टियानो [रोनाल्डो] सँगै पछिल्लो दशकको उत्कृष्ट खेलाडी हुन्। तर दुवै अन्य खेलाडीहरु भन्दा पछि देखिए।”,क्रुसले भने,”मेरा लागि बालोन डी’ओरका लागि अरु नै योग्य थिए। मेस्सी भन्दा अगाडी अन्य खेलाडी हुनु पर्थ्यो।”
त्यस्तै क्रुसले बालोन डी’ओर दौडमा मेस्सी भन्दा अगाडी रोनाल्डो हुनुपर्ने पनि बताए। तर उनका लागि बालोन डी’ओर रियल म्याड्रिडक करिम बेन्जेमाले जित्नुपर्थ्यो।
त्यस्तै रियल म्याड्रिडका अर्का पूर्व खेलाडी पनि मेस्सीले बालोन डी’ओर जित्दा खुशी देखिएनन्। रियल म्याड्रिडका पूर्व गोलरक्षक इकर कासिलासले यस वर्षको बालोन डी’ओरलाई असन्तुष्टि जनाए।
\सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्नेक्रममा कासिलासले फुटबल अवार्ड माथि रहेको विश्वास घट्दै गइरहेको बताए। समय सँगै फुटबल अवार्डको विश्वसनीयता हराउँदै गएको कासिलासको भनाई छ।
“मलाई यी फुटबल अवार्डहरूमा विश्वास लाग्न छाड्दै गएको छ। फुटबल अवार्डहरूमा विश्वास गर्न धेरै गाह्रो हुँदै गएको छ।”,फुटबल अवार्डहरुको विश्वसनीयता माथि कासिलासले टिप्पणी गरेका छन्।