काठमाडौँ – हाल नेपालमा तीनवटा मौसम प्रणालीको प्रभाव रहेको छ। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough)र अरव सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी मौसम प्रणालीहरुका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमालीभू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै बुधबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुन सक्नेछ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
२०७८ मंसिर १५ गते (बुधबार)
दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमालीभू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।
२०७८ मंसिर १६ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
२०७८ मंसिर १५ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। पहाडी भू-भागको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।