यस राशिका मानिसलाई मिल्दैछ शनिको भरपूर कृपा, वर्षौं पछि साढे सातीबाट मुक्ति मिल्नेछ !

शनिदेवको नाम आउनासाथ मानिसमा डर व्याप्त हुन्छ। शनि ग्रह सबै ग्रहहरूमध्ये सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो, जसका कारण यसको प्रभाव लामो समयसम्म मानिसमा रहन्छ। शनि साढे दुई वर्षपछि एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ। शनिको साढे सातीले मानिसहरूमा ठूलो प्रभाव पार्छ। जो मानिसको कुण्डलीमा शनिको साढे साती चलेको हुन्छ, उक्त मानिसको जीवनमा थुप्रै कठिनाइ सुरु हुन थाल्छ। व्यक्तिले आर्थिक, मानसिक, प्रतिष्ठा र असफलता पाउन थाल्छ। तर, जसको कुण्डलीमा शनि शुभ घरमा बास गर्छ, शनिको साढे साती चल्दा पनि उनीहरुका लागि यो निकै शुभ रहेको छ।

शनि ग्रहलाई कुनै एक राशिमा फर्कन करिब ३० वर्ष लाग्छ किनभने शनि साढे दुई वर्ष एउटै राशिमा रहन्छ, यसरी सबै १२ राशिको परिक्रमा गरेपछि ३० वर्षपछि मात्रै फेरि त्यहि राशिमा आउँछ। जब शनिको राशि परिवर्तन हुन्छ, तब कुनैमा शनिको साढे साती र कसैमा शनिको धैय्या सुरु हुन्छ। अर्कोतर्फ, केही राशिका व्यक्तिहरूले यसबाट मुक्ति पनि पाउँछन्। सन् २०२० देखि शनि मकर राशिमा रहेको छ। शनिदेव अप्रिल २९, २०२२ मा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दैछ। कुम्भ राशिमा शनिको प्रवेशका कारण केही राशिलाई शनिको प्रभाव पर्न सुरु हुन्छ भने केहीलाई राहत पनि मिल्नेछ।

सन् २०२१ मा कुन राशिमा चल्दै छ शनिको साढे साती 

यस समयमा शनिदेव मकर राशिमा विराजमान रहेको छ, यस्तो अवस्थामा धनु, मकर र कुम्भ राशिमा शनिको साढे साती चलिरहेको छ। अर्को वर्ष अर्थात २०२२ मा शनिले राशि परिवर्तन गर्ने बित्तिकै केहि राशिहरूमा साढे सातीको प्रभाव समाप्त हुनेछ। जब शनिको राशि परिवर्तन हुन्छ, तब तीन राशिका व्यक्तिहरूमा शनिको तीन फरक चरणहरू सुरु हुन्छन्। पहिलो चरणलाई उदय चरण भनिन्छ। दोस्रो चरणलाई शिखर र तेस्रो चरणलाई अस्त चरण भनिन्छ।

सन् २०२२ मा कुन राशिबाट साढे साती हट्नेछ 

सन् २०२२ मा शनिले राशि परिवर्तन गर्नेछ, यस्तो अवस्थामा धनु राशिका व्यक्तिहरूमा चलिरहेको शनिको साढे सातीको अन्तिम चरणको अन्त्य भएर यसबाट मुक्ति मिल्नेछ। अप्रिल २९, २०२२ मा शनि कुम्भ राशिमा जानेछ, जसका कारण मीन राशिमा शनिको साढे सातीको पहिलो चरण सुरु हुनेछ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१२:०३

सन् २०२२ सम्म यी ५ राशिलाई अत्यन्त शुभ, मिल्नेछ हरेक प्रकारको सफलता !