बालोन डी’ओर बारे मुलरले मुख खोले, जे भने पूरा युरोपमा तरंग पैदा भयो !

एजेन्सी – बायर्न म्युनिखका भेट्रान फुटबलर थोमस मुलरले यस पटकको बालोन डी’ओरको हकदार लियोनेल मेस्सी भन्दा रोबर्ट लेवान्डोस्की रहेको बताएका छन्। सन् २०२१ को बालोन डी’ओर उपाधि मेस्सीले जितिसकेको अवस्थामा प्रतिक्रिया जनाउने क्रममा मुलरले मेस्सी भन्दा लेवान्डोस्की उपाधिको हकदार रहेको बताएका हुन्।

बालोन डी’ओर मेस्सीलाई दिने निर्णयलाई मुलरले निराशाजनक भनेका छन्। आफू लामो समय देखि फुटबलमा रहेको उल्लेख गर्दै मुलरले सन् २०१३ मा पनि यस्तै भएको उल्लेख गरेका छन्। त्यस समयमा फ्रान्क रिबेरी उत्कृष्ट प्रदर्शनका बाबजुत बालोन डी’ओर जित्न असफल भएका थिए।

“बालोन डी’ओरको वितरण पक्कै निराशाजनक थियो। मेरा लागि त्यो अझ बढी थियो। हुन त म फुटबलमा निकै लामो समय देखि छु, र यस्तो भएको पहिलो पटक होइन। सन् २०१३ मा फ्रान्क रिबेरीसँग पनि यस्तै भएको थियो।”,मुलरले लिंक्डइनमा लेखेका छन्।

बालोन डी’ओर मेस्सीलाई दिने निर्णय विरुद्ध लेख्नेक्रममा मुलरले यो स्विकारेका छन् कि मेस्सी फुटबल जगतकै सबै भन्दा राम्रो उत्पादन हुन्। साथै मेस्सीलाई बधाई समेत दिंदै मुलरले यस पटकको बालोन डी’ओरका लागि लेवान्डोस्की बढी योग्य थिए भन्ने स्पष्ट पारेक छन्।

यस्तै मुलरले च्याम्पियन्स लिग जर्मनीमा ल्याउने प्रण पनि गरेका छन्। बुन्डेसलिगाका खेलाडीहरूको गुणस्तर याद दिलाउन च्याम्पियन्स लिग जितेरै छाड्ने मुलरको प्रण छ।

मुलर लेख्छन्,”यसबाट च्याम्पियन्स लिग म्युनिखमा फिर्ता ल्याउएर सबैले यहाँ के भइरहेको छ भनेर देखाउन प्रेरणा मिलेको छ। बुन्डेसलिगामा हामीसँग उत्कृष्ट खेलाडीहरू छन् र समय आउँदा हामीले प्रमाणित गर्ने छौँ।”

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१२:५६

बालोन डी’ओरको रिस बायर्नले बार्सिलोना माथि पोख्ने, जसरी पनि च्याम्पियन्स लिग जित्ने !