सातौँ ब्यालोन डी ओर मेस्सीलाई पचेन, भोलिपल्ट नै देखियो पेटमा समस्या !

लियोनेल मेस्सी सोमबार भएको एक समारोहमा ब्यालोन डी’ओर प्राप्त गरेपछि बिरामी हुँदा पेरिस सेन्ट-जर्मेनको लिग १ मा नाइस विरुद्धको खेलमा खेल्ने वा नखेल्ने भन्ने अन्योल भएको छ। मेस्सीलाई सातौं ब्यालोन डी’ओर अवार्ड प्राप्त गरेको एक दिनमै पेटमा समस्या देखिएको हो।

पेरिस सेन्ट-जर्मेन सुपरस्टार सोमबार राति थिएटर डु च्याटलेटमा एक आकर्षक समारोहमा उपस्थित थिए, आफ्नो सातौँ ब्यालोन डी ओर अवार्ड लिनको लागि। उनले बार्यन सुपरस्टार रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै कीर्तिमानी सातौँ पटक प्रतिष्ठित अवार्ड जित्न सफल भएका थिए। तर यसको लगत्तै नै पूर्व बार्सिलोना कप्तानको मुड खराब भएको छ किनभने उनी ग्यास्ट्रोएन्टेराइटिस, एक सामान्य पेट रोगको लक्षणबाट पीडित भएका छन्।

पीएसजीले मंगलबार यो खबर पुष्टि गरेको छ, जसको अर्थ मेस्सीले बुधबार राति पार्क डेस प्रिन्सेसमा नाइस विरुद्धको लिग १ खेल खेल खेल्ने वा नखेल्ने पक्का रहेको छैन। क्लबको आधिकारिक वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘ग्यास्ट्रोएन्टेराइटिसको लक्षणका कारण लियोनेल मेस्सी र लिआन्ड्रो परेडिसले आजको प्रशिक्षण सत्रमा भाग लिएनन्। भोलि बिहान अर्को जाँच गरिनेछ।”

यदि मेस्सी नाइस विरुद्को खेलका लागि अनुपलब्ध भएमा, पीएसजीले शनिबार लेन्ससँगको भिडन्तका लागि समयमै निको हुने आशा गरेको छ। लिग १ मा १२ अंकको फराकिलो अन्तरका साथ पीएसजी शीर्ष स्थानमा रहेको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि प्रवेश गरिसकेको छ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१४:३२

रोनाल्डोले गरे धमाका, मेस्सी विरुद्ध गरेको पोष्टमा लाइक र कमेन्ट गर्न थाले [कमेन्ट सहित]