रोनाल्डोले गरे धमाका, मेस्सी विरुद्ध गरेको पोष्टमा लाइक र कमेन्ट गर्न थाले [कमेन्ट सहित]

क्रिष्टियानो रोनाल्डो २०२१ को ब्यालोन डी’ओरमा छैटौं स्थानमा रहे। पोर्चुगिज फरवार्ड सन् २०१० पछि पहिलो पटक शीर्ष तीनभन्दा बाहिर रहन बाध्य भए। रोनाल्डोका चिरकालीन प्रतिद्वन्द्वी लियोनल मेस्सी सोमबारको समारोहमा आफ्नो सातौं ट्रफी जित्न सफल भए।

यसका साथै अर्जेन्टिनी स्टारसँग अब रोनाल्डोभन्दा दुईवटा बढी ब्यालोन डी’ओर उपाधि भएको छ। र यस्तो देखिन्छ कि ३६ वर्षीय पोर्चुगिज कप्तान यो वर्षको बालोन डी’ओरको नतिजाबाट खुसी छैनन्। रोनाल्डोका फ्यान, इन्स्टाग्राम प्रयोगकर्ता cr7.o_lendario, मंगलबारको ब्यालोन डी ओर समारोहपछि इन्स्टाग्राममा एक लामो लिखित पोष्ट साझा गरेका थिए।

उक्त पोष्टमा ती फ्यानले यो वर्ष मेस्सी ब्यालोन डी ओर जित्न लायक नभएको र रोनाल्डोको वर्ष राम्रो भएको दाबी गरेका छन्। रोनाल्डोले यो पोष्ट देखे र आफ्नै आधिकारिक अकाउन्टबाट ‘तथ्य’ भनेर कमेन्ट गरेका छन्।

जब उक्त प्रशंसकले रोनाल्डोको पक्षमा बोल्दै मेस्सीलाई ‘चोरी, फोहोर, लाज!’ भन्दै गरेको पोष्ट रोनाल्डोले लाइक गर्नुका साथै कमेन्ट पनि गरेका छन्।

त्यस्तै, अर्को एक पोष्ट पनि रोनाल्डोले लाइक गरेका छन् जहाँ एक इन्स्टाग्राम प्रयोगकर्ताले फ्रान्स फुटबलले मेस्सीलाई रोनाल्डो भन्दा उत्कृष्ट बनाउन आफूले सकेको हेरक चीज गरेको दाबी गरेका छन्।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१४:५४

यदि यस्तो भए बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, खेल्नेछ युरोपा लिग !