सन् २०२२ कुन राशिलाई कति शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

मेष राशि (चू, चे, चो,  ला, ली, लु, ले, लो, अ) 

व्यापार व्यवसायमा भाग्यले साथ दिनेछ र लाभको अवसर मिल्नेछ। नयाँ क्षेत्रमा लगानी गर्दा यो वर्ष लाभदायक हुन सक्छ। व्यापार सम्बन्धि नयाँ विचारहरुमा रुचि हुन सक्छ । यो वर्ष विदेश यात्राको अवसर पनि मिल्न सक्छ । यो वर्ष जागिरमा पदोन्नतिको प्रवल सम्भावना छ र काममा सक्रिय रहन र महत्वपूर्ण निर्णय लिने सबैभन्दा शुभ समय मध्य मे देखि अक्टोबरसम्म रहनेछ। अर्कोतर्फ, नोभेम्बर र डिसेम्बर महिनामा तपाईंको ऊर्जा सुस्त हुन सक्छ।

चौथो भावमा बृहस्पति र शनिको संयुक्त दृष्टि हुने भएकाले मेष राशिका परिवारमा शान्त र सौहार्दपूर्ण वातावरण रहनेछ। वर्षको अन्त्यमा घरमा केही शुभ कार्य पनि हुन सक्छ जसले तपाईंलाई खुसी राख्न सक्छ। दाम्पत्य जीवनमा तनाव उत्पन्न हुन सक्छ, यस वर्ष आपसी सद्भाव कायम राख्नुपर्ने आवश्यकता रहनेछ।

स्वास्थ्यको दृष्टिकोणले वर्षको सुरुवात राम्रो रहनेछ। सामान्य स्वास्थ्य सुधार गर्न आफ्नो दैनिक दिनचर्यामा स्वस्थ खाना, योग, ध्यान र व्यायाम समावेश गर्न सल्लाह दिइन्छ। यदि उचित हेरचाह गरियो र स्वस्थ आहारको पालना गरियो भने, वर्षको अन्त्यसम्म कुनै रोगबिना सुखी र समृद्ध जीवन बिताउन सकिन्छ।

अप्रिलको सुरुदेखि राहु तपाईंको राशिमा रहने भएकोले सावधान रहनुहोला। कुनै पनि व्यापार वा व्यवसाय साझेदारी गर्नु अघि, तपाईंले राम्रोसँग सोच्नुपर्छ। उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई यो वर्ष कडा परिश्रम गर्न सल्लाह दिइन्छ। वर्षको सुरुमा मिश्रित नतिजा प्राप्त हुनेछ।

वृष राशि (ई, ऊ, ए,  ओ, वा, वी, वू, वे, वो) 

वृष राशि हुनेहरुका लागि यो वर्ष राम्रो रहनेछ । कार्यस्थलमा प्रशस्त नाफा कमाउन सकिनेछ । यस बाहेक, तपाईं व्यवसायिक क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ भने पनि तपाईंले राम्रो नाफा कमाउनुहुनेछ। तपाईंको मिहिनेतको फल मिल्नेछ, यस समयमा तपाईंले आफ्नो करियरमा ठूलो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। व्यापारिक दृष्टिकोणले यो वर्ष निकै महत्वपूर्ण रहनेछ । यो वर्ष शनि भगवानले तपाईंलाई काम र व्यापारमा धेरै सहयोगी बनाउनेछ।

अप्रिल महिनामा बृहस्पतिको गोचर र पाँचौं घरमा रहेको बृहस्पतिको दृष्टिले नवविवाहित जोडीलाई शुभ समाचार दिन सक्छ । छोराछोरीले प्रगति गर्नेछन्। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ । समग्रमा पारिवारिक जीवन राम्रो रहनेछ।

स्वास्थ्यको दृष्टिले वर्षको सुरुवात धेरै राम्रो भन्न सकिँदैन किनभने यस समयमा तपाईंको राशिको प्रथम अर्थात् लग्न र सप्तम भावमा छायाँ ग्रह राहु-केतुको उपस्थितिले तपाईंलाई धेरै प्रकारको स्वास्थ्य समस्याले सताउन सक्छ। यो वर्ष तपाईंको तौल स्थिर राख्नु तपाईंको लागि ठूलो चुनौती साबित हुनसक्छ, तर तपाईले अनुशासित भएर यो समस्या समाधान गर्नुपर्नेछ।

नयाँ व्यापार सुरु गर्दा राम्रो नहोला तर अप्रिलको मध्यदेखि आर्थिक स्थितिमा सुधार आउने सम्भावना छ । यस समयमा, तपाईंले बृहस्पतिको शुभ प्रभावबाट निश्चित रूपमा केही राहत पाउनुहुनेछ र अचानक तपाईंलाई धेरै स्रोतहरूबाट धन प्राप्तिको मौका मिल्नेछ। यस वर्ष विद्यार्थीहरूका लागि धेरै शुभ अवसरहरू आउनेछन्। मार्च पछिको समय तपाईंको लागि धेरै राम्रो रहनेछ। कुनै पनि विदेशी संस्थानमा भर्ना पाउन सक्नुहुन्छ।

मिथुन राशि (का, की, कू, घ, ङ, छ, के, को, हा) 

यो वर्ष तपाईंले करियरको क्षेत्रमा धेरै अवसरहरू पाउनुहुनेछ। अवसरको सदुपयोग गर्नु अघि, आफुमा ध्यान केन्द्रित गर्नुहोस् र आफ्नो काममा ध्यान दिनुहोस्। व्यापार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले यो वर्ष ठूलो लाभको अपेक्षा गर्न सक्छन्। यदि मिथुन राशिका व्यक्तिहरूले कुनै नयाँ व्यापारिक परियोजनाहरू हात हाल्ले योजना बनाइरहेका छन् भने, तपाईंलाई वर्षको दोस्रो भागमा यस परियोजनामा ​​​​काम गर्न सल्लाह दिइन्छ।

पारिवारिक जीवनको लागि यो वर्ष धेरै अनुकूल रहनेछ। घरको आवश्यकता अनुसार किनमेल गरिनेछ। जसका कारण परिवारका सदस्यहरु माझ तपाईको इज्जत बढ्नेछ।

यो वर्ष तपाईले आफ्नो स्वास्थ्यको बारेमा धेरै सावधान रहनु पर्छ। यस अवधिमा तपाईलाई गम्भीर चोटपटक लाग्न सक्ने भएकाले अप्रिल महिनासम्म धेरै सावधानी अपनाउन सल्लाह दिइन्छ।

तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। मिथुन राशिका व्यक्तिहरूलाई यो वर्षले इच्छित फल दिनेछ। यो वर्ष तपाईलाई पैसाको कुनै कमी हुनेछैन। यस वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रो अंक ल्याउनेछन्, उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि अप्रिल महिनापछिको समय विशेष रहनेछ। साथै यस राशिका प्रतियोगी परीक्षाको तयारी गर्ने विद्यार्थीहरुले अप्रिलको दोस्रो सातापछि सफलता हात पार्न सक्नेछन् ।

कर्कट राशि (ही,हू, हे, हो, डा, डी, डु, डे, डो) 

यो वर्ष करियरको हिसाबले मिश्रित नतिजा ल्याउने छ। यस अवधिमा कार्यक्षेत्रमा उन्नति-प्रगति मिल्नेछ, प्रयासबाट प्रगति मिल्नेछ। जागिरमा पदोन्नतिको सम्भावना छ । व्यवसायको दृष्टिकोणले वर्षको सुरुवात त्यति अनुकूल रहनेछैन र सफलता प्राप्त गर्नको लागि कडा परिश्रम र ध्यान दिनु पर्नेछ।

परिवारको खुसीमा कमी महसुस हुनेछ, साथै परिवारको सहयोग प्राप्त गर्नमा समस्या हुनेछ, जसका कारण तपाईको व्यक्तिगत जीवन तनावपूर्ण हुनेछ, र कामको अधिकताले तपाई परिवारबाट टाढै बस्नु पर्नेछ। नवविवाहितहरूले यो वर्ष राम्रो समाचार पाउन सक्छन्।

स्वास्थ्यमा उतारचढाव आउन सक्छ, यस समयमा विशेष ख्याल गर्नुपर्नेछ। नियमित रूपमा योग अभ्यास गरिरहनुहोस् र तपाईंले वर्षभरि आहारमा धेरै संयमित हुन आवश्यक छ। वर्षको उत्तरार्धमा स्वास्थ्य राम्रो र स्थिर रहनेछ।

खर्चमा नियन्त्रण गर्नु तपाईको आर्थिक अवस्था सुधार गर्न सहयोगी साबित हुनेछ। यो वर्ष निकै खर्च हुने सम्भावना रहेकोले ध्यान दिएर खर्च गर्नुहोस्। घर तथा गाडी किन्ने सपना पनि पूरा हुने संकेत देखिन्छ। कर्कट राशिका विद्यार्थीहरूका लागि वर्षको सुरुवात उतार-चढावले भरिपूर्ण रहनेछ। उच्च शिक्षा प्राप्त गर्नको लागि अप्रिल भन्दा पछिको समय अत्यन्त शुभ रहनेछ।

सिंह राशि (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) 

वर्षको सुरुवात निकै राम्रो रहनेछ । यस समयमा तपाई आफ्नो काममा बढी ध्यान दिनुहुनेछ। अप्रिलपछि, तपाईं काम सम्बन्धी यात्रामा जान सक्नुहुन्छ। तपाईंले इच्छित लाभ प्राप्त गर्नुहुनेछ र तपाईं आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुहुनेछ। कार्यक्षेत्रमा रहेकाले कार्यस्थलमा मान सम्मान प्राप्त हुनेछ ।

यो वर्ष सिंह राशिका व्यक्तिहरूले आमाबाबुको स्वास्थ्यको पूर्ण ख्याल गर्नुपर्नेछ। सिंह राशिका विवाहित  मानिसहरुले दोस्रो सन्तानको सुख प्राप्त गर्न सक्छन्। यसका साथै सिंह राशिका व्यक्तिहरुको लागि यो वर्ष वैवाहिक दृष्टिले पनि निकै राम्रो रहनेछ ।

यो वर्ष स्वास्थ्यमा ध्यान दिनुहोला । चुनौतीपूर्ण समय बित्ने प्रबल सम्भावना छ, यस समयमा हात, पेट र मिर्गौला सम्बन्धी रोगले सताउन सक्छ। नियमित योग व्यायाम गरिरहनुहोस्, चिकित्सकको सल्लाह लिइरहनु लाभदायक हुनेछ।

यो वर्ष आर्थिक मामिलामा मिश्रित प्रभाव दिनेछ, तर यो वर्ष बढी खर्च हुँदा तपाईको आर्थिक स्थितिमा प्रत्यक्ष प्रभाव पर्नेछ। अप्रिल पछिको अवधि धेरै शुभ रहनेछ र यसले संकेत गर्दछ कि तपाईले यस अवधिमा आर्थिक लाभ प्राप्त गर्न सकनुहुनेछ। यदि तपाई प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने, अप्रिल पछिको समय तपाई को लागि विशेष गरी अनुकूल हुनेछ। उच्च शिक्षामा रुचि राख्ने विद्यार्थीले चाहेको संस्थामा भर्ना हुन सक्नेछन् ।

कन्या राशि (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

करियरको हिसाबले कन्या राशिका लागि जनवरी, मार्च र जुन महिना धेरै राम्रो रहनेछन् र मेको सुरुमा केही व्यक्तिहरूको मनचाह स्थानान्तरण पनि हुन सक्छ। कार्यक्षेत्रमा पदोन्नतिको आशा गर्न सक्छन्। अर्कोतर्फ, काम परिवर्तन गर्ने योजना बनाएका व्यक्तिहरूको लागि पनि यो समय निकै अनुकूल रहेको छ।

पारिवारिक जीवनमा, वर्षको मध्य भाग औसत र वर्षको अन्तिम भागले तपाईका लागि राम्रो परिणाम ल्याउनेछ। यद्यपि, वर्षको मध्यमा, तपाईंले अप्रिल र सेप्टेम्बरको बीचमा केही पारिवारिक विवादको सामना गर्नुपर्नेछ। जसको कारण मन चिन्तित रहन सक्छ।

स्वास्थ्यका लागि यो वर्ष राम्रो रहनेछ । यदि कुनै रोग पहिले देखि नै चलिरहेको छ भने, यो समयमा तपाईं पूर्ण रूपमा छुटकारा पाउन सक्नुहुन्छ। अनेक रोगबाट संक्रमित रहेका मानिसको स्वास्थ्यमा पनि यो समयमा सुधार आउने देखिन्छ।

यो वर्ष तपाईंले आफ्नो आर्थिक जीवनमा धेरै उतारचढावहरू पार गर्नुपर्ने हुन सक्छ। वर्षको सुरुआत आर्थिक रुपमा कमजोर रहनेछ तर क्रमशः भाग्यले साथ दिने देखिन्छ, जसका कारण स्थितिमा पनि सुधार आउनेछ । यदि तपाई उच्च शिक्षाको क्षेत्रमा संलग्न हुनुहुन्छ भने तपाईले सफलताको धेरै अवसरहरू पाउन सक्नुहुन्छ। यस अवधिमा तपाईले थोरै परिश्रम गरेर पनि राम्रो नतिजा कहिले प्राप्त गर्न सक्नुहुन्छ। विदेश जाने वा पढाइका लागि घरबाट टाढा जान चाहने विद्यार्थीहरूका लागि यो समय अनुकूल रहनेछ।

तुला राशि (रा, रि, रू, रे, रो, ता, ती, तू, ते) 

वर्षको प्रारम्भमा कार्यक्षेत्रमा भाग्योदय मिल्नेछ, जागिरमा रहेकाहरूले पदोन्नतिका साथै कुनै अतिरिक्त जिम्मेवारी पनि मिल्नेछ। तपाईंले वर्षको पहिलो केही महिनाहरूमा पदोन्नतिहरू आशा गर्न सक्नुहुन्छ। जागिर वा जागिर परिवर्तन गर्ने सोचमा रहेकाहरूलाई हालको जागिर छोडेर नयाँ जागिरमा सामेल हुनुअघि उचित विश्लेषण र अनुसन्धान गर्न सल्लाह दिइन्छ। व्यापार वा वर्ष गत वर्षको तुलनामा धेरै राम्रो रहनेछ र तपाईले व्यापारमा पनि राम्रो परिणाम प्राप्त गर्नुहुनेछ।

पारिवारिक जीवनका लागि वर्षको सुरुवात खासै अनुकूल रहनेछैन। यस अवधिमा कुनै न कुनै कारणले घरबाट टाढा जानु पर्नेछ, साथै अत्याधिक कामको कारणले परिवार वा परिवारमा केही मेलमिलापको कमी हुने सम्भावना छ, जसका कारण मनमा मनमुटाव हुने सम्भावना छ।

यो वर्ष विशेष सावधानी अपनाउनु पर्नेछ, अन्यथा कुनै न कुनै रोगले सताउन सक्छ, यस्तो अवस्थामा मौसम परिवर्तनका कारण उत्पन्न हुने सबै प्रकारका सानातिना समस्याहरूबाट आफ्नो शरीरलाई जोगाउनु राम्रो हुनेछ । रोगहरु बारे सचेत रहनुहोस्।

आर्थिक जीवनको लागि वर्षको सुरुवात राम्रो रहनेछ। अप्रिल देखि सेप्टेम्बर सम्मको समय तपाईका लागि आर्थिक लाभको लागि धेरै राम्रो रहेको बताइएको छ। यदि तपाई उच्च शिक्षा प्राप्त गर्ने सोचमा हुनुहुन्छ भने, यो वर्ष त्यसको लागि अत्यन्त राम्रो छ। तपाईले राम्रो नतिजा प्राप्त गर्नुहुनेछ तर प्रतिस्पर्धी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले यस समयमा पनि कडा परिश्रम जारी राख्नुपर्नेछ।

वृश्चिक राशि (तो, ना, नी, नू, ने, नो, या,  यी, यू) 

एकाग्रता, मेहनत र कडा परिश्रमको बलमा यो वर्ष तपाईको करियरमा सफल हुन सक्नुहुन्छ। अप्रिल पछि जब बृहस्पति पाँचौ भावमा गोचर हुनेछ, तब तपाईको स्थितिमा केही सुधार आउन सक्छ र शत्रुको कारणले काममा केही समस्या आउन सक्छ, त्यसैले तपाईले कडा परिश्रम र मिहिनेत गरिरहनु आवश्यक छ। सावधान रहन सल्लाह दिइन्छ।

वृश्चिक राशिका व्यक्तिहरूले यो वर्ष पारिवारिक जीवनमा केही चुनौतिहरूको सामना गर्नुपर्ने हुन सक्छ किनभने ग्रहहरूको पक्षले तपाईंको पारिवारिक जीवनलाई सबैभन्दा बढी असर गर्नेछ।  आमाबुवाको स्वास्थ्य सम्बन्धी समस्याले तपाईलाई तनाव दिनेछ, विशेष गरी जनावरीको मध्यदेखि फेब्रुअरीको मध्यसम्म, बुबाको स्वास्थ्यमा गिरावट आउन सक्छ।

मार्च सम्ममा तपाईको राशिमा राहुको उपस्थितिको प्रभावले शारीरिक पीडा दिइरहनेछ। यस्तो अवस्थामा आफ्नो खानपानमा बढी ध्यान दिनुहोस् । सामान्यतया यो वर्ष तपाईको स्वास्थ्यको लागि राम्रो रहनेछ।

ती व्यक्तिहरू जो कुनै पनि व्यवसायमा छन् वा उनीहरूको आफ्नै व्यवसाय छ, उनीहरुको जीवन उतार-चढावले भरिनेछन्। अप्रिलदेखि सेप्टेम्बरको बीचमा सम्पत्ति खरिदमा सफलता मिल्नेछ। तपाईंको लागि आम्दानीका नयाँ स्रोतहरू खुल्न सक्छन् र यस वर्ष सम्पत्ति खरिद गर्ने सम्भावना पनि कम छ। यो वर्ष शिक्षाको क्षेत्रमा विद्यार्थीहरूले पहिलेको तुलनामा धेरै मेहनत गर्नुपर्नेछ।प्रतियोगी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले परीक्षामा सफलता पाउनेछन्, यस अवधिमा तपाईंको परिवारले पनि हौसला प्रदान गरेको देखिनेछ।

धनु राशि (ये, यो,  भा, भी, भू, ध, फा, ढा, भे) 

यो वर्ष कार्यक्षेत्रमा धेरै सफलता मिल्नेछ । अप्रिल महिनापछि स्थितिमा परिवर्तन आउन सक्छ । यदि तपाईंले साझेदारीमा व्यापार गर्नुहुन्छ भने, सेप्टेम्बर पछिको महिना तपाईंको लागि सकारात्मक रहने आशा गरिन्छ। यस बाहेक नोभेम्बर महिनामा कार्यक्षेत्रसँग सम्बन्धित विदेश यात्रामा जाने अवसर मिल्नेछ ।

धनु राशिका लागि यो वर्ष पारिवारिक जीवन राम्रो रहनेछ। परिवारमा हाँसो र खुशीको वातावरण रहनेछ। परिवारका सदस्यहरूले एकअर्कालाई माया गर्नेछन्, परिवारका सदस्यहरूसँगको सम्बन्ध राम्रो हुनेछ।

गत वर्षको तुलनामा यो वर्ष तपाईको स्वास्थ्य निकै राम्रो रहनेछ, शनिदेवले तपाईलाई केही समस्या दिन सक्छन्, तर यो वर्ष तपाईलाई कुनै ठूलो रोग लाग्ने छैन। नियमित रूपमा योग गर्नु वा व्यायाम गर्नु तपाईंको लागि धेरै लाभदायक साबित हुन सक्छ।

२०२२ सालमा भाग्यको साथ मिल्नेछ। यसका साथसाथै तपाईको आम्दानीमा पनि निरन्तर वृद्धि हुनेछ। यस समयमा तपाईको आर्थिक अवस्था पनि बलियो हुनेछ र तपाईले मानसिक तनावबाट मुक्ति पाउनुहुनेछ। कुनै पनि ठाउँमा लगानी गर्नु अघि, राम्रोसँग अनुसन्धान गर्नुहोस्। साथै कुनै पनि जोखिमपूर्ण व्यवसायमा पैसा लगानी नगर्नुहोस्।धनु राशिका व्यक्तिहरूले शिक्षा क्षेत्रमा पूर्ण सफलता मिल्नेछ। यदि तपाईं उच्च शिक्षाको क्षेत्रमा संलग्न हुनुहुन्छ भने, अप्रिलदेखि जुन र त्यसपछि सेप्टेम्बर महिना तपाईंको लागि धेरै शुभ रहनेछ।

मकर राशि (भो, जा, जी, खी, खू, खा, खो, गा, गी) 

सन् २०२२ मा मकर राशिका व्यक्तिहरूले कार्यक्षेत्रमा कडा परिश्रम गर्नुपर्नेछ। यस अवधिमा तपाईले आफ्नो मेहनत अनुसार राम्रो र नराम्रो परिणाम प्राप्त गर्नुहुनेछ। यदि तपाईं जागिर, कार्यस्थल वा कम्पनी परिवर्तन गर्न इच्छुक हुनुहुन्छ भने, यो काम वर्षको पहिलो वा अन्तिम चौमासिकमा गर्नु तपाईंको लागि राम्रो साबित हुन सक्छ। यो वर्ष तपाईले आफ्ना सहकर्मी र वरिष्ठहरूसँग राम्रो सम्बन्ध राख्नुहुन्छ।

वर्षको सुरुमा पारिवारिक जीवनमा समस्या आउन सक्छ। यस समयमा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। यस्तो अवस्थामा मानसिक चिन्ताले पनि सताउनेछ।

स्वास्थ्य अनुकूल रहनेछ, तपाईं आफ्नो जीवन राम्रो स्वास्थ्य संग बिताउनुहुनेछ। यो वर्ष तपाईको स्वास्थ्यमा सकारात्मक प्रभाव रहनेछ, यस अवधिमा तपाई आफ्नो पुरानो रोगबाट छुटकारा पाउन सक्नुहुनेछ। वर्षको प्रारम्भमा केही समस्या आउनसक्छ। वर्षको प्रारम्भमा राहु पाँचौं भावमा र शनि पहिलो भावमा रहने भएकाले मानसिक समस्याको सामना गर्नु पर्नेछ ।

मकर राशिका व्यक्तिहरूले आर्थिक जीवनमा कम अनुकूल परिणाम प्राप्त गर्नेछन्, वर्षको सुरुवात तपाईको लागि राम्रो छैन। यस समयमा तपाईंको खर्च बढ्नेछ, त्यसैले सही रणनीति र योजना अनुसार आफ्नो पैसा सकेसम्म खर्च गर्नुहोस्। वैदेशिक अध्ययनको सपना देख्ने विद्यार्थीहरूका लागि भदौ र डिसेम्बर महिना शुभ रहनेछन्। यस अवधिमा उनीहरूले राम्रो समाचार पाउन सक्छन्।उच्च शिक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले वर्षको सुरुमा राम्रो नतिजा प्राप्त गर्नेछन्।

कुम्भ राशि (गू, गे, गो, सा, सी, सू, से, सो, दा) 

कुम्भ राशि हुनेहरुका लागि यो वर्ष अप्रिल र मे महिना जागिर वा व्यवसायमा परिवर्तनको लागि उत्तम रहनेछ। वर्षको उत्तरार्धमा तपाईलाई केहि समस्या हुन सक्छ। साढे सातीको कारणले गर्दा कुनै पनि काम सुरु गर्नु अघि अनुभवी व्यक्तिको सल्लाह लिनुहोस्, यसले तपाईको व्यवसायमा प्रगतिको सम्भावना बढ्नेछ।

कुम्भ राशि हुनेहरूका लागि वर्षको अन्तिम चौमासिक पारिवारिक जीवनमा राम्रो रहने सम्भावना छ। यस अवधिमा परिवारको पूर्ण सहयोग प्राप्त गर्न सकिनेछ।

वर्ष २०२२ मा कुम्भ राशिका व्यक्तिहरूलाई केही स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ किनभने तपाईको राशिको स्वामी शनि वर्षको पहिलो भागमा तपाईको बाह्रौं भावमा गोचर हुने भएकाले केही स्वास्थ्य सम्बन्धि समस्याले तपाईलाई सताउन सक्छ। टाउको दुख्ने, एसिडिटी हुने, जोर्नी दुख्ने, चिसो लाग्ने जस्ता समस्याले सताउन सक्छ।

यो वर्ष आर्थिक स्थितिमा सुधार आउनेछ । वर्षको मध्यमा अर्थात् अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा व्यापार व्यवसायमा राम्रो नतिजा मिल्नेछ र लाभको स्थिति सृजना हुनेछ, प्रतिफल प्राप्त हुनेछ। प्रतियोगी परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूले सफलता प्राप्त गर्न कडा परिश्रम गर्नुपर्नेछ। विद्यार्थी वर्गको लागि यो वर्ष त्यति अनुकूल भन्न नमिल्ला।

मीन राशि (दी, दू, थ, झ, दे, दो, चा, ची) 

तपाईले यस समयमा आफ्नो कार्यक्षेत्रमा राम्रो गर्नुहुनेछ, जसले गर्दा तपाईले यो वर्ष राम्रो करियर बनाउन सक्नुहुन्छ। यदि तपाई यस वर्ष नयाँ व्यवसाय सुरु गर्ने योजनामा ​​हुनुहुन्छ भने तपाईलाई अप्रिल महिनामा सुरु गर्न सल्लाह दिइन्छ किनकि तपाई यस अवधिमा सफलता प्राप्त गर्ने सम्भावना बढी छ।

यो वर्ष तपाईको प्रेम जीवन अझ सफल हुनेछ। यदि तपाई विवाहित हुनुहुन्छ र बच्चाहरू छन् भने, तपाईलाई यो वर्ष आफ्ना बच्चाहरूलाई राम्रो प्रदर्शन गर्न प्रोत्साहित गर्न समय निकाल्न सल्लाह दिइन्छ। यस वर्ष तपाईको पारिवारिक जीवन निकै सुखमय तरिकाले बित्ने देखिन्छ।

यो वर्ष कुनै ठूला स्वास्थ्य समस्याको सम्भावना निकै कम छ तर कमजोर पाचन प्रणाली, कलेजो, संक्रामक रोग आदि जस्ता सानातिना स्वास्थ्य समस्याले सताउन सक्छ। यो वर्ष आफ्नो खानपानमा ख्याल गर्दै व्यायाम र योग जस्ता राम्रा कुराहरूलाई आफ्नो दैनिकीमा समावेश गर्नुहोस्।

यो वर्ष तपाईंको खर्च बढ्ने सम्भावना छ, जबकि तपाईंको आम्दानीमा वृद्धि हुनेछ। र आम्दानीका स्रोतहरू पनि बढ्नेछन्, यद्यपि तपाईंले आफ्नो खर्चलाई पनि नियन्त्रण गर्नुपर्नेछ, तब मात्र तपाईंको आर्थिक पक्ष बलियो हुनेछ। कार्यविस्तारबाट थप लाभ मिल्ने प्रबल सम्भावना छ, वर्षको शुरुवातले तपाईलाई आर्थिक रुपमा बलियो बनाउनेछ । मीन राशिका विद्यार्थीहरूका लागि यो वर्ष धेरै राम्रो रहनेछ।तपाईको मेहनत सफल हुनेछ र परीक्षामा राम्रो नतिजा मिल्नेछ।यदि कुनै परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने त्यसमा सकारात्मक नतिजा प्राप्त हुनेछ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१५:३३

भोलि मङ्सिर १६ गते बिहिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !